नवलपरासीमा मतदान केन्द्रलाई मतपेटिका वितरण
परासी–जिल्ला निर्वाचन कार्यालय नवलपरासीले आज मतदान केन्द्रहरुलाई निर्वाचन समाग्री वितरण गरेको छ । कार्यालयले निर्वाचन तयारी तिब्र बनाउदै मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचय पत्र र विभिन्न आवश्यक निर्वाचन सामाग्री वितरण गरेको हो ।
दोश्रो चरणमा जिल्लाकोे परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानिय तहमा निर्वाचन हुदैछ । परासी क्षेत्रका ७ वटै तहमा कुल १ लाख ८३ हजार १३ मतदाता संख्या रहेको छन् । यस क्षेत्रमा १ सय २० वटा मतदान स्थल र २ सय ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचनमा कुल १४ सय ४० जना कर्मचारी खटाइएको कार्यालयले जनाएको छ ।
कार्यालयलका अनुसार मतदान अधिकृतहरुले आज निर्वाचन समाग्री बुझेर भोली विहान ८ बजेदखि १३ गते साँझसम्म मतदाता परिचय पत्र वितरण र बुथ निर्माण गर्ने छन् ।
जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । अब मतदाता परिचय पत्र वितरण, बुथ निर्माणका काम मात्र बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण