शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

असार नजिकिएसँगै  किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

शुक्रबार, २२ जेठ २०८३, १७ : २४
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • ललितपुरको खोकनाका किसानहरू असार नजिकिएसँगै धान रोप्नका लागि खेत तयार पार्न व्यस्त छन् ।
  • किसानहरूले खेत खनेर माटोका डल्ला फुटाउने, रासायनिक तथा प्राङ्गारिक मल हाल्ने काम गरिरहेका छन् ।
  • प्राङ्गारिक विधिले माटोको गुणस्तर बढ्ने र उत्पादनमा सहयोग पुग्ने विश्वासका साथ किसानहरू समयमै रोपाइँ हुने आशामा उत्साहित छन् ।

ललितपुर । प्रि-मनसुनको समयमा नियमित जसो पानी परेपछि र असार महिना सुरु हुन लागेसँगै ललितपुरको ऐतिहासिक बस्ती खोकनाका किसानहरू धान रोप्नका लागि आफ्नो खेत तयार पार्न थालेका छन् ।

वर्षाले माटो भिजाएपछि यहाँका किसानहरूलाई रोपाइँको पूर्वतयारीको चटारो सुरु भएको हो ।

kisan khet agriculture (1)

अहिले खोकनाका किसानहरू खेत खनेर निस्किएका माटोका डल्ला फुटाउन र रोपाइँ अघि खेतमा मल हाल्ने काममा निकै व्यस्त देखिन्छन् । धानको उत्पादकत्व बढाउनका लागि माटोलाई राम्रोसँग तयार पार्नुपर्ने भएकाले किसानहरू बिहानैदेखि खेतमा खटिएका छन् ।

kisan khet agriculture (2)

यहाँका किसानहरूले माटोको उर्वराशक्ति बढाउनका लागि रासायनिक मलका अलावा स्थानीय र परम्परागत विधिको समेत भरपूर प्रयोग गरिरहेका छन् । खेतमा गोबर मल हाल्ने, खेतमै अघिल्लो सिजनमा लगाइएको बालीलाई कुहाएर कम्पोस्ट बनाउने तथा तोरीको डाँठ काटेर खेतमा राख्ने काममा यहाँका किसानहरू व्यस्त छन् । 

kisan khet agriculture (3)

यस प्रकारको प्राङ्गारिक विधिको प्रयोगले माटोको गुणस्तर राम्रो हुने र धान उत्पादनमा सहयोग पुग्ने विश्वास किसानहरूको छ । नियमित वर्षा भइरहेकाले यस वर्ष समयमै रोपाइँ गर्न सकिने आशामा खोकनाका किसानहरू उत्साहित देखिएका छन् ।

kisan khet agriculture (4)kisan khet agriculture (5)kisan khet agriculture (6)kisan khet agriculture (7)kisan khet agriculture (8)kisan khet agriculture (9)kisan khet agriculture (10)kisan khet agriculture (11)kisan khet agriculture (12)kisan khet agriculture (13)kisan khet agriculture (14)kisan khet agriculture (15)kisan khet agriculture (16)kisan khet agriculture (17)kisan khet agriculture (18)kisan khet agriculture (19)kisan khet agriculture (20)kisan khet agriculture (21)kisan khet agriculture (22)kisan khet agriculture (23)kisan khet agriculture (24)kisan khet agriculture (25)kisan khet agriculture (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप