रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ ।
- रुकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा पालिका अधिवेशन सकिएको छ ।
- पालिका अधिवेशनसँगै रास्वपाले जिल्ला अधिवेशनको तयारीलाई पनि तीव्र बनाएको छ ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशमा आफ्नो सांगठनिक उपस्थितिलाई बलियो बनाउँदै पालिका अधिवेशनलाई तीव्रता दिएको छ । यसै क्रममा पार्टीले प्रदेशका ९१ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।
पार्टीका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार लुम्बिनी प्रदेशका ११ जिल्लामा रहेका स्थानीय तहहरूमा अधिवेशन सम्पन्न भइसकेको छ । उनले रुकुम पूर्व बाहेक प्रदेशका अन्य सबै जिल्लामा पालिका अधिवेशन सकिएको जानकारी दिए । हालसम्म सम्पन्न अधिवेशनहरूमध्ये रुपन्देहीका १४, पश्चिम नवलपरासीका ६, कपिलवस्तुका १०, दाङका १०, बाँकेका ८, बर्दियाका ८, रोल्पाका ९, अर्घाखाँचीका ६, गुल्मीका ११, प्युठानका ५ र पाल्पाका ४ स्थानीय तह रहेका छन् ।
लुम्बिनी प्रदेशमा कुल १०९ वटा स्थानीय तह छन् । बाँकी रहेका केही स्थानमा पनि छिट्टै अधिवेशन सम्पन्न गरिने पार्टीले जनाएको छ । कतिपय स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ भने केही स्थानमा मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व छानिएको घिमिरेले बताए ।

पालिका अधिवेशन सँगसँगै रास्वपाले जिल्ला अधिवेशनको तयारीलाई पनि तीव्र बनाएको छ । सङ्गठन विभाग सदस्य घिमिरेका अनुसार भोलि लुम्बिनी प्रदेशका ७ जिल्लामा जिल्ला अधिवेशन हुने कार्यक्रम तय भएको छ । भोलि अधिवेशन हुने जिल्लाहरूमा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, पाल्पा र गुल्मी छन् ।
त्यसैगरी पर्सी रुपन्देही, अर्घाखाँची, प्युठान र पश्चिम नवलपरासीमा जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ । रुकुम पूर्वमा भने स्थानीय तहको अधिवेशन नै बाँकी रहेकाले केही समयपछि मात्र जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ ।
रास्वपा केन्द्रीय महिला विभाग सदस्य तथा पूर्व मन्त्री कल्पना पाण्डेले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गरिन् । उनले जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै पार्टी प्रदेश अधिवेशनको दिशामा अगाडि बढ्ने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण