एमाले सचिवालय बैठकको निर्णयः ओलीपछि बादल, अन्तिममा महेश
काठमाडौँ । नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले सञ्चालन भएको भन्दै कडा आपत्ति जनाएको छ ।
पार्टीको सचिवालय बैठकको चौथो दिन आइतबार विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै एमालेले सरकार लोकतन्त्रको बाटोबाट विचलित भएको ठहर गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारले पछिल्लो समय देखाएको कार्यशैलीप्रति पार्टीले घोर विरोध जनाएको बताए । बैठकले विशेष गरी भन्सार प्रशासनमा भइरहेको अनियमितता, सुकुमसबासी समस्या समाधानमा देखिएको उदासीनता र प्रधानन्यायाधीशको नियुक्ति तथा वरीयताको विषयमा सरकारले अपनाएको विवादित कदमको आलोचना गरेको छ ।
साथै, एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भर्त्सना गरेको छ । उपमहासचिव भट्टले भने, 'सरकारका गलत कामकारबाहीका विरुद्ध अब पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्नेछ ।'
पदाधिकारीको वरीयता निर्धारण
बैठकले पार्टीका पदाधिकारीहरूको वरीयतासमेत टुङ्ग्याएको छ । वरीयतामा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, शङ्कर पोखरेल, लेखराज भट्ट र योगेश भट्टराई लगायतका नेताहरू छन् । बैठकले गरेको वरीयता निर्धारणअनुसार महेश बस्नेत १९ औँ स्थानमा रहेका छन् ।
एमालेले पार्टी सङ्गठनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था सुरु गरेको छ । अबदेखि पार्टी सदस्यता लिनका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ । साथै, सम्पूर्ण सदस्यहरूलाई यथाशीघ्र आफ्नो सदस्यता नवीकरण गर्न पनि पार्टीले निर्देशन दिएको छ ।
चार दिनसम्म चलेको सचिवालय बैठकले सरकारको अकर्मण्यताविरुद्ध जनस्तरमा पुगेर सशक्त आवाज उठाउने र आगामी दिनमा पार्टीको आन्तरिक सङ्गठनलाई सुदृढ बनाउने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण