सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा

आइतबार, २० भदौ २०७८, २१ : ००
आइतबार, २० भदौ २०७८

प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइमा आइतबार एक कार्यक्रमको आयोजना गरिएको छ । जंगी अड्डाले भद्रकालीमा आइतबार एक विशेष समारोह गरेर थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।  भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिनाअघि थापा घर बिदामा बसेका थिए । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा उनलाई नियुक्त गरिसकेको छ । 

थापाको बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्मासहित सैनिक उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा थापालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप