शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

सोमबार, २१ भदौ २०७८, १४ : १८
सोमबार, २१ भदौ २०७८

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्का नाराबाजी गरेका थिए ।

अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ । यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप