नेताहरुको विरोधकै बीच देउवाको गृहजिल्लामा अधिवेशन हुने
बिहीबार, २४ भदौ २०७८, १७ : ५५
डडेल्धुरामा तोकिएकै मितिमा नेपाली काँग्रेसको वडा अधिवेशन हुने भएको छ । जिल्ला निर्वाचन समितिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी भदौ २५ गते र बाँकी तहमा निर्वाचन केन्द्रले तोके बमोजिमकै मितिमा वडा अधिवेशन हुने जानकारी दिएको हो ।
निर्वाचन कार्यालयले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै कुनै भ्रममा नपरी भव्य रुपमा अधिवेशन सम्पन्न गर्न अपिल समेत गरेको छ ।
काँग्रेसका कतिपय केन्द्रीय तहका नेताहरु नै डडेल्धुरामा क्रियाशील सदस्यता टुंगो नलगाई वडा अधिवेशन नगर्ने अडानमा रहेका थिए । काँग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु समेत तत्काल अधिवेशन नगर्ने पक्षमा रहेका थिए भने काँग्रेस जिल्ला सभापति कर्ण मल्लले पनि स्थगित गर्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण