सभामुखले एमाले विभाजनमा भूमिका खेल्नुभयो, उचित जवाफ दिनुपर्छ : एमाले
नेकपा एमालेका नेता योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताएका छन् । ‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद्को नेता हो,’ एमाले स्थायी समिति बैठकपछि भट्टराईले भने,‘उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो । पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा भूमिका खेल्नुभयो भन्ने हाम्रो टिप्पणी छ र यो आम टिप्पणी हो । त्यसमा उहाँले चित्त बुझ्दो जवाफ दिनुभएको छैन ।’
संसद्लाई सहज बनाउने काम सत्तापक्षको रहेको र सभामुखले यसमा सहजीकरणको भूमिका निभाउनुपर्ने भट्टराईले बताए । ‘संसद्लाई सहज बनाउने काम सत्तापक्षले गर्छ र त्यसको सहजीकरण सभामुखले गर्छ । अहिले सभामुखले अचम्म लाग्छ कि प्रमुख प्रतिपक्षी दल संसद्को सबैभन्दा ठुलो दल पनि हो । यो लोकतान्त्रिक अभ्यासमा पोख्त पार्टी हो एमाले, यस्तो पार्टीसँग संवादमा आउन चाहनु भएको छैन,’ भट्टराईले भने,‘सभामुखले त संवाद गर्नुप–यो । हाम्रो दलका नेतासँग र पदाधिकारीसँग छलफल गर्नुप–यो । के गर्नुपर्ने भनेर सोध्नुप–यो कार्य व्यवस्था समितिको कुनै बैठक छैन, सिधै लगेर एजेन्डा हालेको छ । नियमावलीअनुसार संसद्मा कार्यव्यवस्थामार्फत एजेन्डा जाने हो नि सभामुखको भूमिका निष्पक्ष भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण