रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक
शनिबार, २६ भदौ २०७८, १७ : ४२
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।
त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् । यस फिल्मको निर्देशन सिरुथई शिवाले गरेका हुन् । फिल्ममा मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु देखिनेछन् ।
फिल्ममा डी इमानले संगित भरेका छन् । त्यसैगरी स्वर्गीय एसपी बालासुब्रमण्यमले गाएको अन्तिम गीत पनि यसमा समावेश हुनेछ, कोरोना संक्रमित भएर ज्यान गुमाउनुअघि उनले यो गीत गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा