शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए सदस्य संख्या ५ लाख पुर्‍याउने आचार्यको योजना

शनिबार, २६ भदौ २०७८, १८ : ०९
शनिबार, २६ भदौ २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आसन्न चुनावका लागि आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । आफु निर्वाचित भएमा एनआरएनएको सदस्य संख्या पाँच लाख पु¥याउने महत्वाकांक्षी घोषणा उनले गरेका छन् । अहिले एनआरएनएको सदस्यता संख्या १ लाखभन्दा माथि रहेको छ । 

विभिन्न मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरूलाई क्रियाशील गराउने योजना उनले अघि सारेका छन् । यसरी संघलाई सक्रिय बनाउँदा सदस्यता संख्या पाँच गुणाले बढ्ने उनले बताएका छन् । 
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको संख्या एक सय पुर्‍याउने पनि उनको योजना छ । अहिले ८४ देशमा एनआरएनए गठन भइसकेको छ, तर २० भन्दा धेरै एनसीसी निश्कृय छन् ।

उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताएका छन् । आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने  घोषणा समेत गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र सातै प्रदेशमा ती केन्द्रहरु बिस्तार गर्ने घोषणा उनले गरेका छन् । 

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरिने कार्ययोजना रहेको आचार्यको घोषणापत्रमा उल्लेख छ ।  आचार्यले विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई  नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरू सञ्चालन गरिने पनि बताए   ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप