शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँग प्रतिस्पर्धा गर्न एकजुट भए बेलायत, अमेरिका र अष्ट्रेलिया

बिहीबार, ३१ भदौ २०७८, ०९ : ५९
बिहीबार, ३१ भदौ २०७८

बेलायत, अमेरिका र अष्ट्रेलियाले चीनसँग प्रतिस्पर्धा गर्नका लागि एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् ।

यो सम्झौता उन्नत रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ ।

यो साझेदारीपश्चात् अष्ट्रेलियाले पहिलो पटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको निर्माण गर्न सक्नेछ ।

यो सम्झौतालाई ‘अकस’ नाम दिइएको छ ।

सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर साझेदारी पनि समावेश छ ।

हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिको विषयमा तीनै देश चिन्तित छन् । सम्झौताको परिणामस्वरुप अष्ट्रेलियाले फ्रान्सेली डिजाइनका पनडुब्बीको निर्माणका लागि गरिएके एक सम्झौतालाई रद्द गरिदिएको छ ।

अष्ट्रेलियाली नौसेनाका लागि १२ पनडुब्बीको निर्माणका लागि सन् २०१६ मा फ्रान्सले कन्ट्र्याक्ट पाएको थियो । यो अनुबन्धको लागत करिब ५० बिलियन अष्ट्रेलियाली डलर थियो ।

यो सम्झौता अष्ट्रेलियाको हालसम्मको सबैभन्दा ठूलो रक्षा अनुबन्ध थियो ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसज र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अकस सुरक्षा सम्झौतामाथि एक संयुक्त बयान जारी गरे ।

बयानमा भनिएको छ, ‘अकस अन्तर्गत पहिलो पहलको रुपमा हामी रोयल अष्ट्रेलियाली नौसेनाका लागि परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको निर्माढा गर्नका लागि प्रतिबद्ध छौं ।’

‘यसमार्फत् हिन्द प्रशान्त क्षेत्रमा स्थिरताले प्रोत्साहन पाउनेछ र यो हाम्रो साझा मूल्य र हितको समर्थनमा तैनाथ हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप