मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनायो । जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोली पहिलो ६ ओभरमा ४१ बनाउँदै ३ विकेट गुमाइसकेको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए भने क्विन्टन डि ककले १७ तथा अनमोलप्रित सिंहले १६ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ तथा दीपक चहारले २ विकेट लिए ।
यसअघि, चेन्नईले ब्याटिङ गर्दा राम्रो सुरुवात गर्न सकेको थिएन । उसले मात्र ७ रनको अवस्थामा ३ विकेट गुमाइसकेको थियो । अम्बाती रायडू रन नबनाई रिटायर्ड हर्ट हुँदा माइन अली र फाप डु प्लेसिसले खाता नै खोल्न सकेनन् । ओपनर रुतुराज गाइकवाडले ८८, रवीन्द्र जडेजाले २६ तथा ड्वेन ब्राभोले २३ रन बनाउँदै इनिङ सम्हालेका थिए ।
जीतपछि चेन्नई ८ खेलबाट १२ अंकसहित अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ८ अंकसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा