इन्द्रजात्राको रौनक : श्वेत भैरवको प्रसाद खान महिलाहरूको भीड, तस्बिरमा हेर्नुहाेस्
मङ्गलबार, ०५ असोज २०७८, २१ : १९
उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ ।
यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे । अहिले महिलाका लागि छुट्टै दिन तोकिएको छ । त्यसैले मंगलबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लागेको थियो । प्रसाद खान चाहनेहरु लाइन लाग्नुपर्छ । प्रसाद रातको समय खुवाइन्छ । आइतबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो । यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने