पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन
बलिउडका दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले तारिफ पनि गरिरहेका छन् ।
मिसाएला कोएलाको भाषणको सुनिल सेट्टीले तारिफ गरेका छन् । साथै आफ्नो जीवनको एक खराब अनुभव पनि साझा गरेका छन् । सुनिल सेट्टी सोसल मिडियामा असाध्यै सक्रिय हुन्छन् । उनी आफ्ना प्रशंसकका लागि विशेष तस्बिर र भिडियो पनि प्रदर्शन गरिरहन्छिन् । सुनिल सेट्टीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा मिसाएला कोएलको एक तस्बिर प्रदर्शन गरेका छन् । यो तस्बिरमा उनको भाषणको एउटा अंश पनि लेखिएको छ ।
मिसाएला कोएलको यो तस्बिर प्रदर्शन गर्र्दै सुनिल सेट्टीले पिताको मृत्युपछि उनको स्वभावमा अत्यधिक परिवर्तन आएको खुलासा गरे । सुनिलले आफ्नो पोस्टमा लेखे, ‘म पनि सधैँ यी विचारसँग सहमत थिएँ तर सन् २०१७ मा जब मैले आफ्ना पिता गुमाएँ तब म आफूले आफैँलाई खोज्नका लागि गायब भएँ । त्यतिबेला मैले शान्ति पाएँ, गोपनीयतामा निकै ठूलो शक्ति हुन्छ । मलाई खुसी के लाग्छ भने मिसाएला कोएलले यति राम्रो कुरालाई आकर्षक ढङ्गले प्रस्तुत गरिदिएकी छिन् ।’
सामाजिक सञ्जालमा सुनिल सेट्टीको यो पोस्ट चर्चाको विषय बनेको छ । अभिनेताका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
सुनिल सेट्टी छिट्टै नै अमिताभ बच्चनको टीभी सो केबीसी १३ मा आउँदैछन् । यो कार्यक्रममा उनी अभिनेता ज्याकी श्रोफसँग देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण