शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विजय गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै

बुधबार, ०६ असोज २०७८, ०६ : ००
बुधबार, ०६ असोज २०७८

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेता योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।  

‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दैछु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ,’ उनी निकट नेता चौधरीले भने ।

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित गराएका गच्छदार पछिल्लो समय गुमनाम जस्तै थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गच्छदार सार्वजनिक कार्यक्रममा पनि खासै देखिने गरेका थिएनन् । पार्टीको बैठकमा सहभागी भएपनि उनको संसद पद निलम्बन छ ।

उक्त मुद्दामा असार ३० गते गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । १४  औं महाधिवेशनमा  गच्छदार उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप