भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ
बुधबार, ०६ असोज २०७८, १२ : ०३
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो ।
पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो । सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास