काँग्रेस अधिवेशनको तालिका परिवर्तन गर्ने सहमति
नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।
यसअघि काँग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । योसँगै काँग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ । काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।
प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपाली काँग्रेस महाधिवेशनको क्रममा छ, यस क्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लागेर सार्वजनिक हुन बाँकी छ,अधिकांश जिल्लाको हकमा भने वडा तहको अधिवेशन सम्पन्न भएर पालिका तहको अधिवेशन ९ गतेका लागि निर्धारित छ, यो बेलामा नेपाली काँग्रेस केन्द्रीय समिति अन्तर्गतको पार्टी पदाधिकारी, पूर्व पदाधिकारीहरूको बैठक आज बस्यो,सम्माननीय प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले गहिरो विमर्श गरेर छलफल गरेर अहिलेको बेलामा अधिवेशनका सबै प्रक्रियाहरूलाई जहाँ अवरुद्ध छन् तिनलाई सहमति पूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेका छन्, ती प्रक्रियाहरूको सन्दर्भमा पनि एउटा निश्चित टुङ्गो गर्ने,भन्ने विषयमा छलफल भयो मूलतः नेपाली काँग्रेस पार्टीको निर्वाचनका जति प्रक्रियाहरू छन्, यी सबै प्रक्रियाहरू पार्टीको केन्द्रीय निर्वाचन समितिमार्फतबाट निर्वाचित निर्वाचित समितिको नेतृत्वमा निर्वाचन समितिले खटाएका प्रतिनिधिहरूले स्थानीय स्थिति बमोजिम र गर्दै आउनुभएको छ, गर्ने हाम्रो प्रचलन छ, त्यसैले अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ,ती ठाउँहरूको हकमा ९ गतेका लागि पालिका स्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ, त्यो ९ गतेका लागि पूर्व निर्धारित समयमै पालिकाहरूको अधिवेशन हुनेछ,पार्टीको अन्य तहको अधिवेशन ९ गते पछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरूको क्रियाशील टुङ्गाउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय समितिले आवश्यकता अनुसार यस बारेमा प्रक्रियालाई कुन रूपमा लिएर जाने भन्ने कुराको टुङ्गो लगाउनेछ, आजको बैठकले ९ गतेको लागि पूर्वनिर्धारित पालिका स्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रमा बाँकी जिल्लाहरूको क्रियाशील सदस्यहरूको टुङ्गो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ,त्यसको लागि निर्धारित समितिले काम गर्नेछ, र अन्य तहको सन्दर्भमा पार्टीको केन्द्रीय निर्वाचन समितिले अन्य जिल्लाको क्रियाशीलताको विषय र अहिले जारी रहेका विषयहरूलाई समायोजन गरी उपयुक्त सन्तुलन, उपयुक्त समयावधि जुन रूपमा निर्धारित छ, त्यसलाई कुन रूपमा अघि लाने र बाँकी कुरा निर्वाचन समितिले गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण