शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीन फिल्म मेकिङको बिषयमा भर्चुअल क्लास हुने

बिहीबार, ०७ असोज २०७८, १८ : १३
बिहीबार, ०७ असोज २०७८

‘युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१’ अन्तर्गत युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रीन फिल्म मेकिङको बिषय भर्चुअल मास्टर क्लास सञ्चालन गर्ने भएको छ । नेपाल अन्तरगतकै एउटा कार्यक्रमको रुपमा शुक्रबार दिउँसो २ बजे उक्त मास्टर क्लास गर्न लागिएको हो ।

चलचित्र उद्योगले पनि वातावरणलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने बुझाउने मास्टर क्लासकको मुख्य उदेश्य हो । श्रव्य दृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता तथा चलचित्र उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायहरुले तयार गरेका नीति तथा व्यवस्था हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर बुझ्ने गरिन्छ ।

चलचित्र निर्माणस्थललाई कसरी दिगो बनाउने र निर्माताले   व्यवहारिक रुपमा के गर्न सक्छन् भनेर जान्ने मौका मास्टर क्लासमा लिन सक्ने आयोजकले जनाएको छ । डाक्टर अल्बर्टो बाट्टोचीले प्रशिक्षक रहने मास्टर क्लासमा भ्यालरियो कारुसोले सहजीकरण गर्नेछन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी अतिथि वक्ताको रुपमा रहने मास्टर क्लासमा विधामा काम गर्ने चलचित्रकर्मीलाई सहभागी भएर लाभ उठाउन आयोजकले आग्रह समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप