तनहुँमा पालिका अधिवेशन : देउवा पक्षको चार, पौडेल र सिटौला बराबरी
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामै धक्का लागेको छ । पौडेलका गृहजिल्ला तनहुँमा सभापति शेरबहादुर देउवा पक्षले ४ वटा पालिकामा बाजी मारेको छ । तनहुँमा पौडेल र कृष्ण सिटौला समूहले बराबर पालिका जितेको छ ।
४ पालिकामा संस्थापन पक्षले जित्दा २÷२ पालिकामा पौडेल र सिटौला पक्ष विजयी भएको हो । देवघाट, बन्दीपुर, आँबुखैरेनी, म्याग्देमा देउवा पक्षका शंकर भण्डारी निकट उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।
आबुँखैरेनी गाउँपालिकामा बिष्णुबहादुर पन्त, बन्दिपुर गाउँपालिकामा कर्ण बहादुर खत्री, देवघाट गाउँपालिकामा तिलबहादुर थापा र म्याग्दे गाउँपालिकामा रामभक्त घिमिरेले सभापतिमा बाजी मारेका हुन् ।
व्यास नगरपालिकामा पौडेल पक्षका सूर्यचन्द्र हड्खले विजयी भएका छन् । भानु नगरपालिकामा पनि पौडेल पक्षधर रामकुमार श्रेष्ठ सभापति चुनिएका छन् । पौडेलले आफ्नै निर्वाचन क्षेत्रका बन्दुपुर, आबुँखैरेनी र देवघाटमा देउवा पक्षले जित हासिल गरेको हो ।
शुक्लागण्डकी नगरपालिकामा सिटौला पक्षका युवा नेता प्रदीप पौडेल निकट गोपीबहादुर गुरुङ सभापति विजयी भएका छन् । घिरिङ गाउँपालिकामा पनि प्रदीप पौडेलनिकट यम थापाले सभापतिमा बाजी मारेका छन् । उनीहरु सर्वसम्मत सभापति भएका हुन् । पदाधिकारी पनि प्रदीप पौडेल निकट नै विजय भएका छन् ।
तनहुँको भीमाद नगरपालिकामा सोमबार मतदान हुँदैछ । रिसिङ गाउँपालिकामा विवाद टुंगो लागेको छैन । भीमाद र रिसिङमा सर्वसम्मत प्रयास भइरहेको छ । पौडेल पक्षबाट जिल्ला सभापतिमा विद्रोह गर्ने तयारीमा रहेका जितप्रकाश आलेको दबदबा छ ।
उनलाई केन्द्रीय नेता भण्डारी र धुर्व वाग्लेको साथ छ । राजेन्द्र श्रेष्ठ र संविधान सभा सदस्य झिलबहादुर आलेको बर्चस्व छ । उनीहरु पनि जितप्रकाश निकट नै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण