शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा झुटो विज्ञापन राखेर ठगेको आरोपमा २ युवक पक्राउ

आइतबार, १० असोज २०७८, २१ : ५३
आइतबार, १० असोज २०७८

सामाजिक सञ्जाल फेसबुकमा ‘क्यानडामा रोजगारीको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी घर भएका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका घर भएका ३७ वर्षीय प्रवेज आलम छन् ।

काठमाडौंको बानेश्वर बस्दै आएका झापाको कमल गाउँपालिका घर भएका आशिष काफ्लेलाई फेसबुकमार्फत कुरा गरेर क्यानडामा फुड प्याकिङको काम लगाइदिन्छौँ भनेर उनीहरुले ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

क्यानडामा मासिक २ लाख २५ हजार तलव हुने आश्वासन देखाएर उनीहरुले ४ लाख मागेका थिए । प्रोसेसिङ चार्जबापत भन्दै काफ्लेसँग उनीहरुले सिटी एक्सप्रेस र आइमईमार्फत ३ लाख रकम लिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

फेसबुकमा झुटा विज्ञापन गर्ने ह्वाट्स एपमार्फत कुरा गरेर उनीहरुले ठग्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप