हिमाली २१ जिल्लामध्ये कहाँ–कहाँ भयो काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन ?
नेपाली काँग्रेसले हिमाली जिल्लामा बुधबारबाट प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ । १२ असोजबाट प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका भएपनि १३ गतेदेखि सुरु भएको काँग्रेस निर्वाचन समितिका सदस्य एकराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
२१ जिल्लामा एकै पटक प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने भनिएपनि बुधबार १५ जिल्लामा मात्र सुरु भएको छ । यद्यपि १९ जिल्लामा दसैँअघि जिल्ला अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ । रसुवा र डोल्पामा भने उक्त समयमा सम्भव नहुने उनको भनाइ छ । रसुवामा अहिलेसम्म क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । डोल्पामा क्रियाशील सदस्यता टुंगिएपछि हिजो मात्र निर्वाचन अधिकृतलाई खटाइएको छ ।
पोखरेलका अनुसार सिन्धुपाल्चोकमा निर्वाचन अधिकृत बिरामी भएर उपचारका लागि भारत भएपछि प्रदेश निर्वाचन क्षेत्र अधिवेशन रोकिएको छ । निर्वाचन अधिकृत फर्किएपछि अधिवेशन सुरु हुनेछ । निर्वाचन अधिकृत फर्किन ढिलो हुने भएपछि अर्को मान्छेलाई पठाइने पोखरेलको भनाइ छ ।
धादिङमा १७ गते एउटा पालिका अधिवेशन सम्पन्न गरेर निर्वाचन क्षेत्र अधिवेशन सुरु उनको भनाइ छ । रामेछाप र सोलुखुम्बुमा आज अधिवेशन हुँदैछ भने ताप्लेजुङ, संखुवासभा, जुम्ला र दोलखा पनि अधिवेशनको प्रक्रिया सुरु भएको छ । बाजुरामा बुधबार अधिवेशन सम्पन्न भएको छ । कालिकोट र गोरखामा निर्वाचन सम्पन्न भइ नयाँ नेतृत्व चयन समेत भइसकेको छ । यस्तै मनाङ, मुस्ताङ, हुम्ला, मुगु, बझाङ, दार्चुला, रुकुम (पूर्व) र म्याग्दी पनि अधिवेशन प्रक्रिया जारी छ ।
काँग्रेसले १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने तालिका थियो । तर त्यो सम्भव छैन । योसँग १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका पनि केही दिन सर्ने देखिएको छ । तर डोल्पा र रसुवा बाहेक सबै जिल्लामा दसैँअघि अधिवेशन गर्ने निर्वाचन समितिको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण