शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएको कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक प्रक्रिया थालिने

शुक्रबार, १५ असोज २०७८, ११ : ३१
शुक्रबार, १५ असोज २०७८

लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ । 

गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौता भुक्तानीका बारे अध्यक्षसहित बीमा समितिका पदाधिकारीहरूलाई मन्त्रालयमा नै बोलाएर छलफल गरेका थिए । के कारणले अहिलेसम्म बीमकहरुको भुक्तानी रोकिएको हो ? कसरी समाधान गर्न सकिन्छ ? सो बारे छिटोभन्दा छिटो अध्ययन गर्दै निकास खोज्न समितिलाई निर्देशन दिएका थिए । योसँगै समितिले अध्ययन थालनी गरेको हो । 

समितिका अनुसार गत आर्थिक वर्षको अन्तसम्ममा अर्थात् कार्यक्रमको समेत अन्तसम्ममा कुल १७ लाख ५८ हजार ३४३ जना कोरोना बीमा कार्यक्रममा सहभागी भएकोमा सो मध्येबाट १ लाख १४ हजार ६३३ जनाबाट कुल १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेको छ । तर, हालसम्म बीमितहरुले ४ अर्ब ८१ करोड १२ लाखको मात्र भुक्तानी पाउन सकेका छन् । बाँकी ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ कोभिड प्रभावित बीमितहरुले अझै पाउन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप