भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ ।
यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिन पछिकै सबैभन्दा कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
दैनिक सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो । पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रबार एक दिनमा एक करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण