
जलमग्न ढुंगेधारा (फोटोफिचर)

मंगलवार बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राति भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् ।
“बिहान २ बजेदेखि पानी दर्किन थालेको थियो । बिहान ५ बजेतिर उठेर यसो पसल तिर आएका थियौं पानी त झण्डै–झण्डै सटरसम्म आइपुगेको थियो । मेरो पसल अलिक अग्लो ठाउँमा भएकोले पानी पस्न पाएन तर अरुको पसल भने मज्जाले डुबायो,” एराहिटीमा तरकारी पसल गरेर बसेकी लक्ष्मी पन्तले रातोपाटीलाई भनिन् ।
बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राती भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् ।
“बिहान २ बजेदेखि पानी दर्किन थालेको थियो । बिहान ५ बजेतिर उठेर यसो पसल तिर आएका थियौं पानी त झण्डै झण्डै सटरसम्म आइपुगेको थियो । मेरो पसल अलिक अग्लो ठाउँमा भएकोले पानी पस्न पाएन तर अरुको पसल भने मज्जाले डुबायो,” एराहिटीमा तरकारी पसल गरेर बसेकी लक्ष्मी पन्तले भनिन् ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ