पत्नीको गुनासोपछि श्रीमानले बनाए ३ सय ६० डिग्री घुम्ने घर
पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक शहर नजिकैको एक मैदानमा छ । ‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौं र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइसकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनें । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौं ।’
अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रुप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’
नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफुले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइँन । त्यसैले आफैं केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा