ad

सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउने

person explore access_timeकात्तिक १, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।


उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । ‘सोमबारको बैठकमा सरकार सञ्चालनका लागि कमिटी बनाउने प्रस्ताव नआएपनि मंगलबारको बैठकमा आउने र निर्णय गर्ने सम्भावना रहेको छ’, सो पार्टीका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘तीनदेखि पाँच सदस्यीय बन्ने सम्भावना छ ।’



सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन,पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । त्यसक्रममा कतिपय नेताहरूले गुट उपगुट अन्त्य गर्न नेतृत्वबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए । बोल्ने क्रममा नेताहरूबीच एकले अर्कोलाई गुटको नेतृत्व गरेको भन्दै आलोचना भएको थियो । अध्यक्ष प्रचण्डको दस्तावेजमै माओवादीमा गुट उपगुट मौलाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उल्लेख छ । तर पार्टीका शीर्ष नेताहरूबाटै गुट सञ्चालन भएकाले त्यसको प्रभाव कार्यकर्ता तहमा पुगेको गुनासो आइरहेको छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।