मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शर्लिनविरुद्ध शिल्पा–राजद्वारा ५० करोडको मानहानी मुद्दा दर्ता

बुधबार, ०३ कात्तिक २०७८, ०९ : १८
बुधबार, ०३ कात्तिक २०७८

शिल्पा शेट्टी र राज कुन्द्रले शर्लिन चोपडाविरुद्ध ५० करोड भारतीय रुपैयाँको मानहानीको मुद्दा दायर गरेका छन् । रिपोर्टका अनुसार गत हप्ता जुहू प्रहरी स्टेशनमा शर्लिनले राज कुन्द्रविरुद्ध एफआईआर दर्ता गरेपछि राज र शिल्पाका वकिलले यो कदम उठाका हुन् । शर्लिनले आफ्नो उजुरीमा राज र शिल्पाविरुद्ध यौन उत्पीडन र अन्डरवर्ल्डबाट धम्की दिएको आरोप लगाएकी थिइन् । शिल्पा–राजको वकिलको चेतावनीका बावजुद उनले प्रेस कन्फरेन्स पनि गरेकी थिइन् ।

प्रहरीमा दर्ता गरेको उजुरीमा शर्लिनले राज कुन्द्राको ‘जेएल स्ट्रीम’ कम्पनीका लागि आफूले ३ वटा भिडियो सुट गरेको तर उनले वाचा अनुसार पैसा नदिएको पनि आरोप लगाएकी छन् । शरीर प्रदर्शन गरेपछि राज कुन्द्राले कलाकारहरुलाई पैसा नदिने गरेको उनको उजुरीमा उल्लेख छ ।

‘शर्लिन चोपडाले जुन वक्तव्य दिइरहेका छन्, त्यो कानुनको दायरामा हुनुपर्छ । मेरो क्लाइन्टविरुद्ध प्रेस कन्फ्रेन्स गर्नु उनीहरुलाई बदनाम गराउने षडयन्त्रको हिस्सा हो । सार्वजनिक रुपमा शर्लिन चोपडाले भनेका हरेक कुराको प्रयोग अदालतमा उनको विरुद्ध प्रयोग गरिनेछ । उनीविरुद्ध सिभिल र क्रिमिनल प्रोसिडिङ अन्तरगत मामिला दर्ज गरिनेछ,’ शिल्पा र राजका वकिलले यसअघि चेतावनी दिएका थिए । अहिले त्यही कुरा वास्तविकता बनेको छ ।

गत जुलाईमा शर्लिनले राज कुन्द्रामाथि शोषणको आरोप लगाएकी थिइन् । दुई वर्षअघि सन् २०१९ मा राज एक दिन अचानक उनको घर पुगेर उनको साथ यौन दुर्व्यवहार गरेको उनको आरोप थियो । राजले उनलाई जबरजस्ती किस गरेको उनको भनाइ थियो । सबैभन्दा पहिले अप्रिल २०२१ मा शर्लिनले राजमाथि यौन उत्पीडनको आरोप लगाउँदै एफआईआर दर्ता गराएकी थिइन् ।

राज कुन्द्र पोर्न चलचित्र निर्माणको मुद्दामा २ महिनासम्म जेलमा थिए । मुम्बई क्राइम ब्रान्चले अदालतमा राजविरुद्ध १५ सय पन्ना लामो चार्जशीट दायर गरेको छ । उता, गहना वशिष्ठले भने शर्लिनले नै राजलाई बोल्ड कन्टेन्ट उद्योगमा तानेको आरोप लगाएकी छन् । शर्लिनले केवल आफूतर्फ ध्यान तान्नका लागि राज र शिल्पामाथि आरोप लगाइरहेको उनको दाबी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप