छापाखाना संचालकको हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका छापाखानाका संचालक खिम बहादुर सिवाकोटीको हत्यामा संलग्न शनि नरसिंह राणालाई १७ वर्षपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
प्युठानको मल्लरानी गाउँपालिका–४ घर भएका राणा लामो समय भारतमा र त्यसपछि नेपाल फर्केर लुकेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई असोज १५ मा काठमाडौंको म्हैपीबाट पक्राउ गरेको थियो ।
छापाखाना अगाडी मोटरसाईकल पार्किङ गरेको विषयमा विवाद हुँदा शनि नरसिंह सहित ३ जना मिलेर सिवाकोटीलाई कुटेर हत्या गरेका थिए । हेलमेट, फलामे रड र चिया पकाउने भाँडोले कुटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी भट्टले बताए ।
हत्यामा संलग्न बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल धनी ईश्वरी राणा र गोरखा सिरान्चोक घर भएका धन बहादुर गुरुङ फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण