शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

बुधबार, ०३ कात्तिक २०७८, १५ : २८
बुधबार, ०३ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाने भएका छन् । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम जान लागेका हुन् । 

काँग्रेस नेता रमेश लेखकले भोलि देउवा सुदूरपश्चिम जाने तय भएको बताए । आजै लेखकले देउवालाई सिंहदरबारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी गराएका थिए । बाढी पहिरोका कारण ३ दिनको अवधिमा ५० जनाले ध्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप