मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा

मङ्गलबार, १६ असार २०८३, १६ : ०५
मङ्गलबार, १६ असार २०८३

सारांश

  • काठमाडौँबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।
  • असार ११ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए।
  • सीमानामा ड्रोन उडाएको आरोपमा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सूचना आएको छ।

काठमाडौँ । काठमाडौँबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । 

असार ११ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए। काठमाडौँबाट दोलखाका बिगु गाउँपालिका वडा नम्बर–१ हुँदै उनीहरू लप्ची पुगेका हुन् ।

सीमानामा ड्रोन उडाएको आरोपमा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सूचना आएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए।

असार १२ मा सीमाना हेर्ने चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उनीहरूलाई स्थानीय चिनियाँ प्रहरीलाई जिम्मा लगाएको सुरक्षा स्रोतको भनाइ छ।

अहिले उनीहरूलाई न्यालम काउन्टीमा राखिएको छ । न्यालम काउन्टी सिन्धुपाल्चोकको सीमाबाट नजिक पर्ने हुनाले नेपालको अध्यागमन कार्यालय र सुरक्षा निकायले चिनियाँ काउन्टर पार्टस्‌सँग समन्वय गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप