कोरोनाबाट बेलायतमा एकैदिन करिब ५० हजार जना सङ्क्रमित
बेलायतमा कोरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै संख्यामा सङ्क्रमित भेटिएका बताइएको छ ।
बुधबार यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएपछि बेलायतका अधिकारीहरुले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।
यहाँ देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिए अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेत गरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।
महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।
यसैबीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यहाँको सरकारलाई बेलायतमा हिँडडुलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण