सङ्कटमा कुमालेको पेसा
आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकुडालगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौँदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा सङ्कटमा पर्दै गएको छ ।
दिपावली र छठको बेला बर्सेनि लाखौँको माटाका भाँडाकुडा र दियो बिक्री गर्ने गरेका कुमालेहरुले आधुनिक रुपमा बजारमा आएका तारले बनेको झिलिमिली बत्ती, प्लास्टिक र धातुका विभिन्न भाँडाकुडाले गर्दा माटोको भाडावर्तन र दियो (पाला)लगायतका सामग्रीको बिक्रीमा निक्कै कमी आएर आफूहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको जलेश्वर नगरपालिका–६ का कुमाले बिरजु पण्डितले बताए ।
पहिला पहिला हिन्दूहरुको महान चाड दिपावली, तिहार, छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रुपमा माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबारलगायतका सामग्रीको माग हुने गथ्र्यो । माटोकै भाँडाकुडा चोखो हुने गरेको भन्दै सबैले माटाकै भाँडाकुडा प्रयोग गरेको बेला आफूहरुलाई ती भाँडाकुडा पूर्ति गर्न भ्याइनभ्याइ हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लास्टिकका भाँडाकुडा तथा बिजुली बत्ती प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय धरासयी बनेको उनले बताए ।
महोत्तरीको सदरमुकाम जलेश्वरसहित १५ वटै स्थानीय तहमा कुमाले जातीका मानिसले माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया र कुरबारलगायतका सामग्री बेच्ने गरेकोमा अहिले नगन्य मात्रामा ती सामग्री बिक्री हुने गरेको बढी महोत्तरी गाउँपालिका–११ कुमाले सियाराम पण्डितले बताए ।
पहिला महोत्तरीको विभिन्न गाउँ–ठाउँमा बनाइएका माटाका भाँडाकुडा तराई–मधेशमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङगा, सितामढी र पटनासम्मसमेत निर्यात हुने गरेकोमा अहिले स्थानीय बजारमै पनि माग नभइदिँदा दिनानुदिन यस पेसामा लागेकाको पेसा धरापमा पर्दै गएको जलेश्वर नगरपालिका– १ का कुमाले जोगिया पण्डितले बताए ।
अत्याधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडाकुडा, दियो, मटिया, कुसिया, कुरबारलगायतका सामग्री बिक्री नहुनु र बिक्री भए पनि लागेको लगानीसमेत नआउनुले यस पेशामा अब नयाँ पुस्ता बस्न नचाहेको जलेश्वर नपा– ६ का कुमाले मङगल पण्डितले बताए । तर धेरैजसोले अहिले पनि आधुनिक भाँडाकुडा चोखो नहुने, यसमा व्रत तथा पर्व गर्दा शुद्ध नहुने मान्यता राखेकोले उनीहरु अझै पनि माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकोमा कुमाले जातिका बुढापाकाले जसोजतो ती सामग्री बनाएर उनीहरुको माग धानिरहेको अनुभव सुनाउँछिन् जलेश्वर नगरपालिका– ८ की गृहणी रेणु मण्डल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण