शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकको नयाँ नाम ‘मेटा’

शुक्रबार, १२ कात्तिक २०७८, ०८ : ०७
शुक्रबार, १२ कात्तिक २०७८

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुकले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । सामाजिक सञ्जाल फेसबुक नाम भने परिवर्तन हुने छैन । फेसबुकले आफ्नो कर्पोरेट नाम मात्रै परिवर्तन लागेको हो । 

के हो मेटावर्स ?
मेटावर्स भर्चुअल रियालिटी (भिआर) को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल वल्र्ड’ मा जोडिनका लागि कम्प्युटरको सट्टामा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ । 

भिआरको उपयोग धेरैजसो खेलमा हुन्छ । तर, यो भर्चअल वल्र्डको उपयोग व्यवहारिक रुपमा काम, खेल, संगीत कार्यक्रम, फिल्म वा बाहिर घुम्नका लागि पनि प्रयोग गर्न सकिन्छ । ​फेसबुले मेटावर्सलाई प्राथमिकताको पहिलो नम्बरमा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप