भारतमा कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए
शनिबार, १३ कात्तिक २०७८, १७ : १७
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १६१,५५५ सक्रिय सङ्क्रमितहरु छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण