ad
अन्तरवार्ता

‘अबको चुनावमा सबभन्दा अप्ठ्यारो एमालेलाई छ’

एमालेमा तेस्रो धार छ र ? बिचरा घनश्यामजीहरू अप्ठ्यारोमा पर्नुभएको छ : बेदुराम भुसाल

person explore access_timeकात्तिक २३, २०७८ chat_bubble_outline0

जनताको बहुदलीय जनवाद (जबज) को ऐतिहासिक विकास क्रमबारे पीएचडी गरेका डा. बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) का महासचिव हुन् । राष्ट्रियसभाका सदस्य समेत रहेका भुसाल विगत एमालेमा हुँदादेखि नै वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भुसालसँग रातोपाटीले मूलतः दुईवटा विषयमा कुराकानी गरेको छ, एक– बहुदलीय जनवादकै जगमा बनेका एमाले र एकीकृत समाजवादी पार्टीबीचको बैचारिक–सैद्धान्तिक धरातलमा के फरक छ ? दुई– समसामयिक राजनीतिक विषयमा सत्तापक्षीय गठबन्धन कसरी अगाडि जाला ?


एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीको वैचारिक आधार नरहेकाले माधव नेपालको पार्टी ‘सर्भाइभ’ हुन नसक्ने एमाले पंक्तिबाट विश्लेषण भइरहेका बेला हामीले नेता भुसालसँग पार्टी विभाजनको औचित्य पुष्टि गर्ने आधारहरू खोजेका छौं । जवाफमा नेता भुसालले एकीकृत समाजवादी भन्दा बढी संकटमा केपी ओली नेतृत्वको एमाले रहेको दाबी गरे । एमालेको संकटबारे भुसालको दाबी छ, ‘चुनावसम्म कुर्नैपर्दैन, मंसिरमा हुने महाधिवेशनबाटै देखिन्छ ।’



माओवादी, एकीकृत समाजवादी लगायतका दललाई चुनाव जितेर देखाउन र जमानत जोगाउन चुनौती दिइरहेका एमाले अध्यक्ष केपी ओलीलाई भुसालको चुनौती छ, एमालेले चुनाव जितेर देखाए भैगो नि, माओवादीसँग मिलेका बेला ओलीले पार्टीको निर्णयविनै झापामा राप्रपासँग तालमेल गरेर चुनाव जितेको होइन ? अहिले चुनाव जितेर देखाए हुन्छ ।’



केपी ओलीकै नेतृत्वमा एमालेलाई सुधार्न सकिन्छ भन्ने भ्रम समाप्त भइसकेको र अन्तरसंघर्षबाट एमाले नसुध्रिने  महासचिव भुसालको तर्क छ । एमालेभित्रै रहेका भीम रावल, घनश्याम भुसाल लगायतका तेस्रो धारका नेताहरूबारे सोधिएको प्रश्नमा महासचिव भुसालले भने, ‘एमालेमा अब कुनै धार छ र ? घनश्याम भुसालहरूले फरक मत राख्ने कोसिस गर्दा त्यहाँ फरक मत राख्न पनि दिइएन । भनेपछि, त्यहाँ विचारको विविधतालाई स्वीकार गरिँदैन, अंगीकार गर्ने त कुरा छोडौं, स्वीकारै गरिँदैन ।’



एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको गतिविधि कसरी चलिरहेको छ र पार्टीको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा रातोपाटीले महासचिव भुसालसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ–      



यहाँले जबजमा पीएचडी नै गर्नुभएको छ । एमाले र एकीकृत समाजवादी दुबैले जबजलाई नै मानेका छन् । तपाईंहरूले विद्रोह गरेर अलग्गै पार्टी बनाउनुपर्ने सैद्धान्तिक–वैचारिक आधार के हो ?  कुन सैद्धान्तिक धरातलमा नयाँ पार्टी बन्न सक्ला ?



पहिलो कुरा म खाली जनताको बहुदलीय जनवादमा मात्रै केन्द्रित छैन । सिंगो मार्क्सवादको विषयवस्तु र नेपालमा मार्क्सवादको कार्यान्वयनको सन्दर्भमा  थेसिस बनाएको थिएँ । दुई पार्टीबीच के भिन्नता छ भन्दाखेरि मार्क्सवाद के हो र त्यसको कार्यान्वयनमा कसरी जाने भन्ने कुरा गर्नुपर्छ । मार्क्सवाद एउटा क्रान्तिकारी वैज्ञानिक दर्शन हो । त्यसको व्याख्या गर्नका लागि अलिकति समय चाहिन्छ, संक्षेपमा गर्न गाह्रो छ । आजसम्मको सबैभन्दा विकसित र वैज्ञानिक भौतिकवादी दर्शन पनि मार्क्सवाद नै हो । मैले पीएचडी गर्दा निकालेको निश्कर्ष के हो भने यसका पाँचवटा मूलभूत निश्कर्ष छन् । 

अब जनताको बहुदलीय जनवादमा केन्द्रित होऔं । उनीहरू (एमाले) ले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भन्छन् । तर, जनताको बहुदलीय जनवादले उठाएका तीनवटा विषय अहिले त्यहाँ छैन ।

पहिलो यसको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण हो । यो दृष्टिकोण हुनुपर्यो कम्युनिस्ट पार्टी हुनका लागि । दोस्रोचाहिँ परिवर्तनको कुरा हो । मार्क्सले फायरबाखबारे निबन्ध भन्ने पुस्तकमा के भनेका छन् भने आजसम्मका दार्शनिकले संसारको व्याख्या मात्रै गरे तर यसलाई बदल्नुपर्छ भने । यो परिवर्तनकारी दृष्टिकोण मार्क्सवादको अर्को महत्वपूर्ण निश्कर्ष हो । तेस्रो, त्यो परिवर्तन श्रमजीवी वर्गको पक्षधरतामा केन्द्रित भएर गरिनुपर्छ भन्ने हो । मार्क्सले श्रमजीवी वर्गको हितमा परिवर्तन भन्यो । परिवर्तन जस्तो पनि हुन सक्छ, तर मार्क्सवादले भनेको परिवर्तन श्रमजीवी वर्गको पक्षमा परिवर्तन हो । चौथो, मार्क्सले सार्वभौम सत्ता जनतामा निहित छ भने । मार्क्सवादको पाँचौं सारभस्त कुुरा भनेको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने हो । सिद्धान्त व्यवहार गर्नका निम्ति हो, खाली अध्ययन, बहस र छलफल गर्नका निम्ति मात्रै होइन । हामीले जुन सिद्धान्त अँगाल्छौँ, त्यसलाई व्यवहारमा उतार्नुपर्छ । यी पाँचवटा चिजहरू मार्क्सवादका मूलभूत सिद्धान्तहरू हुन् ।

मार्क्सवादका यी पाँचवटा मूलभूत सिद्धान्तहरू आजका कुन–कुन कम्युनिष्ट पार्टीले बोकेका छन् भनेर हामीले हेर्नुपर्छ । यस आधारमा नै आजको एमाले र आजको एकीकृत समाजवादीका बीचमा तुलना गर्न सकिन्छ । यद्यपि हामीले भर्खर काम सुरु गरेका छौं, त्यसले गर्दा धेरै चिजहरूमा समीक्षा र मूल्यांकन गर्ने गरी हामी प्रस्तुत हुन सकेका छैनौं भन्ने मलाई लाग्छ । तर, हाम्रो सुरुआत के हो भने हामी मार्क्सवादका यी पाँचवटा मूलभूत मान्यतालाई बोकेर अगाडि बढ्नेछौँ । यी मान्यता हामीले छोड्ने छैनौं । नेकपा एमालेले यी मान्यताहरू छोडेको हुनाले त्यहाँ हाम्रो विवाद भएको हो ।

अब जनताको बहुदलीय जनवादमा केन्द्रित होऔं । उनीहरू (एमाले) ले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भन्छन् । तर, जनताको बहुदलीय जनवादले उठाएका तीनवटा विषय अहिले त्यहाँ छैन । जनताको बहुदलीय जनवादका तीनवटा कुरामा पहिलो विचारको विविधतालाई स्वीकार गर्नुपर्छ, अंगीकार गर्नुपर्छ भन्ने हो । समाजमा, पार्टीमा, राजनीतिमा, हरेक ठाउँमा विचारको विविधता हुन्छ,त्यो विचारको विविधतालाई हामीले स्वीकार पनि गर्नुपर्छ र अंगीकार पनि गर्नुपर्छ भन्ने मदन भण्डारीको थेसिसको पहिलो निश्कर्ष हो । तर, यो चिज आज केपी ओलीले नेतृत्व गरेको एमालेमा छैन । यसको उदाहरण उनीहरूले भर्खरै सम्पन्न गरेको विधान महाधिवेशनमा फरक मत राख्न दिइएन । घनश्याम भुसालहरूले फरक मत राख्ने कोसिस गर्दा त्यहाँ फरक मत राख्न पनि दिइएन । भनेपछि, त्यहाँ विचारको विविधतालाई स्वीकार गरिँदैन । अंगीकार गर्ने त कुरा छोडौं, स्वीकारै गरिँदैन ।

जनताको बहुदलीय जनवादले उठाएको तेस्रो कुरा के हो भने जनपक्षीय आचरण हुनुपर्छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको आचरण जनपक्षीय हुनुपर्छ । जनसेवी हुनुपर्छ । यो चिज आजको एमालेसँग छैन ।

जनताको बहुदलीय जनवादले उठाएको दोस्रो कुरा के हो भने कम्युनिस्ट आन्दोलन पनि विधि पद्दतिमा चल्नुपर्छ भन्ने हो । नेताको आदेशमा होइन, नीतिमा जल्नुपर्छ भन्ने कुरा उठाएको छ जनताको बहुदलीय जनवादले ।मदन भण्डारीले कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणको कुरा उठाउँदाखेरि यो विषय उठाउनुभएको थियो कि कम्युनिस्ट पार्टी एउटा नीतिमा चल्नुपर्छ, विधिमा चल्नुपर्छ । उसले चलाउने शासन पनि विधिको शासन हुनुपर्छ, कानूनको शासन हुनुपर्छ । यो चिज आज केपी ओलीले नेतृत्व गरेको एमालेमा छैन । न त सत्ता सञ्चालन गर्दाखेरि ओलीले विधिलाई मान्नुभो । संविधानविपरीत प्रतिनिधिसभाको विघटन गरिएको कुरा नै उहाँले विधि उल्लंघन गर्नुभयो भन्ने काफी छ । पार्टीमा उहाँले कहिल्यै पनि विधान लागू गर्नुभएन । नवौं महाधिवेशनबाट जब केपी ओली एमालेको नेतृत्वमा आउनुभो, तबदेखि एमालेको विधान त्यहाँ कहिल्यै पनि लागू भएन । विधान अनुसार पार्टी चलेन भनेर हामीले बारम्बार प्रश्न उठायौं । तर, यो कुरा उहाँले कहिल्यै पनि सुन्नुभएन । महाधिवेशनका निर्णयहरू उहाँले कहिल्यै पनि लागू गर्नुभएन । नवौं महाधिवेशनमा हामीले समाजवादी कार्यदिशा बोकेर अगाडि बढ्ने भनेका थियौं, यो कार्यदिशालाई उहाँले कहिल्यै पनि बोक्न चाहनुभएन । जनताको बहुदलीय जनवादले भनेको विधिको शासन अथवा विधिको हिसाबले चल्ने भन्ने कुराचाहिँ उहाँसँग छैन ।

जनताको बहुदलीय जनवादले उठाएको तेस्रो कुरा के हो भने जनपक्षीय आचरण हुनुपर्छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको आचरण जनपक्षीय हुनुपर्छ । जनसेवी हुनुपर्छ । यो चिज आजको एमालेसँग छैन । एकचोटि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको अल्पमतको सरकारले ९ महिनामा जनता र राष्ट्रको पक्षमा कस्ता र कति काम गर्यो ? र, केपी ओलीले नेतृत्व गरेको तीन वर्षभन्दा बढी चलेको झण्डै दुई तिहाईको सरकारले कति काम गर्यो, कस्ता काम गर्यो भनेर एकचोटि तुलना गरेर हेरिदिनुभयो भने यो पछिल्लो सरकार कम्युनिस्ट चरित्रको हो कि ०५१ को सरकार कम्युनिस्ट चरित्रको हो आफैं छुट्याउन सक्नुहुन्छ । हामीले भन्दाखेरि आरोप लगाएजस्तो हुन्छ, तर तथ्य हेर्न सक्नुहुन्छ । केपी ओलीको सरकारसँग जनपक्षीय आचरण पनि भएन, जनताको काम गर्ने भावना पनि त्यहाँ रहेन । 

त्यहाँ (एमालेमा) जनताको बहुदलीय जनवादले भनेका यी तीनवटा विशेषता पनि छैनन् । मार्क्सवादले भनेका पाँचवटा मूलभूत मान्यता, दृष्टिकोण र सिद्धान्तहरू पनि आज एमालेसँग छैनन् । हामीले चाहिँ यी सबै कुरालाई बोकेर जानुपर्छ भन्ने प्रतिवद्धताका साथ नेपाली कम्युनिस्ष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठित गर्नेर यसलाई रुपान्तरण पनि गर्नुपर्छ भनेका छौं । नेपाली कम्युनिस्ट आन्दोलन आज जुन अवस्थामा छ, जुनखालका विकृति विसंगतिहरू भरिएका छन्, तिनीहरूलाई फ्याँक्नुपर्छ र यसको रक्षा र विकास गर्दै अगाडि बढ्नुपर्छ भनेका छौं । पहिलो कुरा नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा ।

हामीले के भन्यौं भने जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिलाई अगाडि बढाउनका निम्ति योगदान गरेको छ, त्यसको सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ । त्यसका कतिपय जस्तो अघि मैले भनेका तीनवटा सैद्धान्तिक मान्यताहरू छन्, तिनलाई हामीले अँगाल्नुपर्छ । तर, यो मात्रै पर्याप्त छैन । यो त हिजोका लागि पर्याप्त थियो ।

दोस्रो, हामीले उठाएको के हो भने नेपाली समाज करिब ७२ वर्षको संघर्षपछि एउटा चरणबाट अर्को चरणमा प्रवेश गरेको छ । हिजो अर्ध सामन्ती, अर्ध औपनिवेशिक अवस्थामा थियो भने अब त्यो अवस्था रहेन । अब राजतन्त्रको समाप्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि अब नेपाली समाज मूलतः पुँजीवादी चरणमा प्रवेश गर्यो । र, अब नेपाली समाजको कार्यदिशा भनेको समाजवादी कार्यदिशा हो । अब नेपाली क्रान्तिको चरित्र समाजवादी चरित्र हो । यो दिशामा अगाडि बढ्नुपर्छ । अबको नेपाली कम्युनिस्ट आन्दोलनले नेपाली समाजको परिवर्तनका निम्ति बोक्ने मुद्दा भनेको चाहिँ समाजवादी मुद्दा हो र यो दिशामा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्रतिवद्धता हो । 

यसमा त नेकपा एमालेले पनि समाजवादमा जाने भनेकै छ नि ?

छैन छैन । एमालेको अस्ति विधान महाधिवेशन उहाँहरूले गर्नुभयो, त्यहाँ केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन अध्ययन गर्न म यहाँहरूलाई अनुरोध गर्छु । त्यहाँ उहाँले प्रष्टै के लेख्नुभएको छ भने अहिले समाजवादी कार्यदिशा दिनेबेला भएको छैन । यो मेरो वाक्य होइन, केपी ओलीले लेख्नुभएको वाक्य हो । अहिलेको नेपाली क्रान्तिको चरित्र समाजवादी होइन, समाजवादी क्रान्तिको कार्यदिशा दिने बेला भएको छैन भन्दै अहिले पनि जनताको बहुदलीय जनवाद लागू गर्ने हो, त्यसैले यो हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर उहाँले भन्नुभयो । 

हामीले के भन्यौं भने जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिलाई अगाडि बढाउनका निम्ति योगदान गरेको छ, त्यसको सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ । त्यसका कतिपय जस्तो अघि मैले भनेका तीनवटा सैद्धान्तिक मान्यताहरू छन्, तिनलाई हामीले अँगाल्नुपर्छ । तर, यो मात्रै पर्याप्त छैन । यो त हिजोका लागि पर्याप्त थियो ।

जतिबेला हामीले जनवादी क्रान्तिको मुद्दा बोकेका थियौं, जनवादी क्रान्तिको चरणमा थियौं, त्यतिबेला जनताको बहुदलीय जनवादले  त्यो परिवर्तनलाई मार्गदर्शन गर्थ्यो । तर, आज समाज परिवर्तनको एउटा चरण पार गरेर हामी अर्को चरणमा प्रवेश गरेका छौं भने अब त्यसले मात्रै पुग्दैन । त्यसका मूल्य मान्यताको रक्षा र थप विकास गर्दै हामी समाजवादको दिशामा अगाडि बढ्नुपर्छ । समाजवादको दिशामा अगाडि बढ्दाखेरि चाहिने चिजहरू के हुन् ?यसका सैद्धान्तिक वैचारिक विषयहरू के हुन सक्छन्? अथवा,नेपालको सन्दर्भमा समाजवाद भनेको के हो ? हामीले नेकपा एमालेको नवौं महाधिवेशनमा नेपाली विशेषताको समाजवाद पनि भनेका थियौंं । त्यो नेपाली विशेषताको समाजवाद भनेको के हो ? समाजवादका आधार निर्माण गर्ने भनेका छौं, संविधानले समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेको छ, त्यो भनेको के हो ?यी विषयमा बहस गर्नुपर्यो । र, यी विषयका निम्ति हामीले काम गर्नुपर्यो भन्ने हाम्रो प्रतिवद्धता हो । 

हामी नवौं महाधिवेशनपछि दुईवटा प्यानल बनाएर आएका थियौं । त्यसमा हामी माधव नेपालले नेतृत्व गरेको प्यानलबाट लडेका थियौं । त्यो प्यानलको पक्षमा उभिनुभएका करिव ९० प्रतिशत साथीहरू हामीसँगै हुनुहुन्छ । १०/१२ प्रतिशतको संख्याका केन्द्रीय तहका साथीहरू अन्तिममा हामीसँग आउनुभएन । उहाँहरू नरहँदाको केही न केही असर त पर्ने नै भयो ।

यो अन्तरवार्तामा सैद्धान्तिक विषयहरूमा लामो कुराकानी गर्न हामीसँग समय थोरै छ । सैद्धान्तिक वैचारिक विषयमा यति मात्रै सोधेँ, एमाले र एकीकृत समाजवादीका बीचमा जुन भिन्नता यहाँले भन्नुभयो, यो भिन्नता छुट्याउन आम जनतालाई चाहिँ अलिकति गाह्रो परेको हो ?

आम पब्लिकले बुझ्ने व्यवहार हो । सिद्धान्त धेरैलाई बुझ्न गाह्रो हुन्छ । सिद्धान्त धेरैले बुझ्दैनन् त भन्न हुन्न, तर बुझ्न धेरैलाई गाह्रो हुन्छ । त्यसकारण जबसम्म हामीले व्यवहारमा देखाउदैनौँ, तबसम्म आम पब्लिकलाई को कस्तो भन्ने छुट्याउन गाह्रो हुन्छ । हामीले देखाउन खोजेको हामी जनताको पक्षमा उभिनुपर्छ भनेर नै अस्ति एउटा बैठकबाट हामीले यो सरकारले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउने कुरामा कदम चालोस् भन्यौं । किनभने वर्षौंदेखि मेलम्चीको आश गरेका मानिसहरू अस्तिको बाढीले रोकिएको छ । त्यो काम छिटो सकेर जनतालाई एउटा सुविधा दिऊँ भनेर गठबन्धनमा पनि कुरा उठाएका छौं । अर्को कुरा विद्युत् केही सस्तो बनाउन सकिन्छ कि भन्ने छ । त्यसका लागि केही निर्णयहरू जनताको पक्षमा गरेको पनि छ । तेस्रो, स्वास्थ्य र शिक्षाका सवालमा के सुविधा दिन सकिन्छ, यसमा केन्द्रित भएर लागौं भनेका छौँ । यस्ता कामहरू जो प्रत्यक्ष जनतासँग जोडिन्छन्, ती कामहरू गर्यौं भनेमात्रै जनताले पत्याउँछन्, कुराले मात्रै हँुदैन ।

पार्टी पुनगर्ठनपछि अहिलेसम्म आउँदा आफ्नो अवस्थालाई कसरी समीक्षा गर्नुभएको छ ? नयाँ पार्टीको पक्षमा उभार आएको छ कि भएका साथीहरू पनि निराश बनेर एमालेतिर जाँदैछन् ?

हामी नवौं महाधिवेशनपछि दुईवटा प्यानल बनाएर आएका थियौं । त्यसमा हामी माधव नेपालले नेतृत्व गरेको प्यानलबाट लडेका थियौं । त्यो प्यानलको पक्षमा उभिनुभएका करिव ९० प्रतिशत साथीहरू हामीसँगै हुनुहुन्छ । १०/१२ प्रतिशतको संख्याका केन्द्रीय तहका साथीहरू अन्तिममा हामीसँग आउनुभएन । उहाँहरू नरहँदाको केही न केही असर त पर्ने नै भयो ।

हामीसँग हाम्रो पंक्तिमात्रै रहेको होइन, हिजो केपी ओलीसँग रहनुभएका कतिपय साथीहरू पनि हामीसँगै आउनुभएको छ । उदाहरणका लागि सुदूरपश्चिमबाट भानुभक्त जोशीलगायत हुनुहुन्छ । अरु थपिने क्रम जारी नै छ । यहीबीचमा एमाले महाधिवेशन भएकाले चहल पहल उतातिर देखिएजस्तो भएको छ, तर नयाँ निर्माणको हिसावले नेकपा एकीकृत समाजवादीप्रतिको आकर्षण असाध्यै राम्रो छ । विभिन्न जिल्लाहरूमा भएका भेलाहरूमा सहभागीहरूको संख्या यहाँहरूले नै पनि देखिरहनुभएको छ ।

व्यवहारले देखाइसकेको छ गल्ती कसले गर्यो भन्ने कुरा । एमालेमा बसेर लड्छौँ, संघर्ष गर्छौं भन्ने साथीहरूले विधान महाधिवेशन जो विचार पारित गर्ने थलो हो, त्यस्तो ठाउँमा विचार राख्न पनि पाउनुभएन । यदि सम्भव थियो भने त उहाँहरूले त्यो विचार राख्न पाउनुपर्ने । विचार सुनिने अवस्था भएको भए उहाँहरूको विचार सुनिनुपर्ने, त्यो त सुनिएन । त्यहाँ बसेर सुधार गर्न सकिन्छ भन्नेहरूले कुरा समेत राख्न पाइँदैन भन्ने त देखिइसकियो ।

यसवीचमा ७७ मध्ये ७४ जिल्ला कमिटी निर्माण गरिसकेका छौँ । तीनवटा जिल्ला बाँकी छन्, त्यसमध्ये दार्चुलाको तयारी भैरहेको छ, त्यहाँ छिट्टै हुन्छ । मनाङ र मुस्ताङ हिमाली जिल्ला भएकाले ती जिल्ला छुटेका छन् । अहिले पालिका तहमा धमाधम कमिटी बनिरहेका छन । त्यसक्रमा करिव ६० प्रतिशत पालिकामा कमिटी बनिसकेका छन् । त्यसकारण हाम्रो कामको गतिशील राम्रो भएकाले उत्साह पनि राम्रो छ ।  

तपाईंले १० प्रतिशतको हाराहारी भन्नुभयो, बोलीचालीमा स्थायी कमिटी मा १० भाइका नामले पनि चिनिन्छन् । जो एमालेमै बसे, उनीहरूले पार्टीमै बसेर संघर्ष गर्ने नीति अपनाएको देखिन्छ । तर, तपाईंहरूले चाहिँ पार्टी नै फरक बनाउने बाटो लिनुभयो । यस्तो अवस्थामा तपाईंहरूले कतै आवेशमा अलि गल्ती पो गरिएछ कि भन्ने लागेको छैन ?

व्यवहारले देखाइसकेको छ गल्ती कसले गर्यो भन्ने कुरा । एमालेमा बसेर लड्छौँ, संघर्ष गर्छौं भन्ने साथीहरूले विधान महाधिवेशन जो विचार पारित गर्ने थलो हो, त्यस्तो ठाउँमा विचार राख्न पनि पाउनुभएन । यदि सम्भव थियो भने त उहाँहरूले त्यो विचार राख्न पाउनुपर्ने । विचार सुनिने अवस्था भएको भए उहाँहरूको विचार सुनिनुपर्ने, त्यो त सुनिएन । त्यहाँ बसेर सुधार गर्न सकिन्छ भन्नेहरूले कुरा समेत राख्न पाइँदैन भन्ने त देखिइसकियो । त्यो सम्भावना छैन भन्ने हामीले देखेका थियौं ।

सुरुमा उहाँहरूले पनि देख्नुभएको हो, त्यही भएर हामीले अब यहाँ सम्भव छैन, नयाँ ढंगले जानुपर्छ कि केपी ओलीहरू पछि हटेर एकतापूर्वको अवस्थामा जस्ताको तस्तै संरचनामा जाने हो भने हामी पछि हट्नुहँदैन भनेका हौँ र धारणा पनि बनाएका हौँ । खासगरी फागुन २८ मा केपी ओलीबाट जे निर्णय गरिएको थियो, त्यो निर्णय मानेर जाने हो भने त्यहाँ कुनै पनि गुञ्जायस छैन भन्नेमा हामी प्रस्ट थियौं ।

तर, केपी ओलीले जेठ २ मा फर्किन्छु भनेर बारम्बार भनिरहनुभएको थियो । त्यसका लागि १० बुँदे पनि बन्यो त्यो पनि तपाईंहरूले मान्नुभएन र पार्टी नै फुटाउनुभयो नि, किन ?

त्यो १० बुँदे नै जेठ २ मा नर्फकन गरिएको हो । त्यही भएर हामीले ती १० जना साथीहरूलाई यसमा सही नगर्नुस् भनेका थियौँ । किनभने त्यसले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा १० बुँदेले पुर्याउँदैन, त्यो सम्भावना छैन भनेर सहमत नहोऔं भनेको हो । तर, अरु साथीहरू सहमत हुनुभयो र जानुभयो, त्यो उहाँहरूको कुरा भयो ।

ओलीजी त्यो १० बुँदे लागु गर्ने पक्षमै हुनुहुन्थेन । अदालतमा मुद्दा थियो, त्यसका लागि एउटा नाटक गर्नुभएको हो । २८ गते पेशी रहेको बेलामा २७ गते राति नाटकीय ढंगले हस्ताक्षर गराइयो, त्यसले पनि त्यो के हो भन्ने त प्रस्टै छ नि । त्योबाहेक त्यसको अरु उपादेयता थिएन भन्ने हामीले बुझेर नै स्वीकार गर्न सकिँदैन भनेका हौँ ।

ठूलो दल हुँदैमा हुन्छ र ? विगतमा ठूला पार्टी कयौं थिए । ०४८ सालमा काँग्रेस ठूलो थियो । किन खिइएर गयो त ? माओवादी ०६४ को चुनावमा ठूलो भएकै हो । त्यो पनि पछि सानो भयो । कहिलेकाहीँ चुनावी परिणामले ठूलो सानो देखाउने एउटा कुरा हो, जब विचारमा स्खलन हुन्छ, व्यवहारमा गलत बाटोमा जान्छ, त्यसले प्रगति गर्दैन ।

भनेपछि अहिले एमालेमै रहेका १० नेताहरूले माधव नेपाललाई धोका दिए भनेर बुझ्ने कि उहाँहरू आफैंले धोका पाएको भनेर बुझ्ने ?

आफैंले धोका पाउनुहुन्छ अन्ततः ।

उहाँहरूले एमाले सुधार्ने सम्भावना छैन त ?

असम्भव छ यो कुरा । सक्नुहुन्न । उहाँहरू समाहित हुन सक्नुहुन्छ, एमालेमा परिवर्तन ल्याउन सक्नुहुन्न । त्यो सम्भव नै छैन ।

पार्टी विभाजनपछिको संकटको विश्लेषण गर्दा तपाईंहरू बढी संकटमा पर्नुभएको छ कि एमाले ?

एमाले संकटमा पर्छ ।

तर, एमाले त अझै ठूलो दल छ नि ?

ठूलो दल हुँदैमा हुन्छ र ? विगतमा ठूला पार्टी कयौं थिए । ०४८ सालमा काँग्रेस ठूलो थियो । किन खिइएर गयो त ? माओवादी ०६४ को चुनावमा ठूलो भएकै हो । त्यो पनि पछि सानो भयो । कहिलेकाहीँ चुनावी परिणामले ठूलो सानो देखाउने एउटा कुरा हो, जब विचारमा स्खलन हुन्छ, व्यवहारमा गलत बाटोमा जान्छ, त्यसले प्रगति गर्दैन ।

तर, केपी ओलीले चुनाव जितेर देखाओ भनेर चुनौति दिइहरनुभएको छ । के तपाईंहरू चुनाव जित्ने अवस्थामा हुनुहुन्छ ?

चुनाव पर्खौँ, किन हतारो ? त्यसबेला कसले जित्छ हेरौँला ।

यहाँ नेकपा एकीकृत समाजवादीको महासचिव पनि हुनुहुन्छ । अहिले गठबन्धनमा आवद्ध दलहरूको सरकार बनेको छ । आगामी चुनावमा यो गठबन्धन कायमै राखेर चुनाव लड्ने सम्भावना वा तयारी के छ ?

हाम्रो प्रतिवद्धता यो प्रतिनिधिसभाले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने हो । अर्ली इलेक्सन एउटा अर्थ र सर्तमा तीनवटै तहको निर्वाचन एकैपटक गर्ने हो भने त्यसो पनि गर्न सकिन्छ कि भन्ने हो । त्यो खर्च कटौतीको हिसावले पनि हो । एउटा चुनावमा निर्वाचन आयोगबाट मात्रै हुने खर्च करिव ५० अर्व हुन्छ । सुरक्षा र प्रशासनिक त्यतिकै हुन्छ । राजनीतिक दल र उम्मेदवारहरूले गर्ने खर्च त अथाह नै हुन्छ । यदि एकैपटक गर्न सकियो भने एउटै खर्चले हुने भो । त्यो भनेको आधा हुन्छ ।

चुनाव महँगो भयो भनेर बरु स्थानीय चुनाव पनि कानुन त मिल्छ भने ६ महिना सार्ने र संघ तथा प्रदेशको पनि ६ महिना अगाडि ल्याएर सँगै गर्न सकिन्छ भने बहस गरौं, छलफल गरौं भन्ने विषय ठीक पनि हो । अलिअलि छलफल पनि चल्दैछ । प्राविधिक हिसावले पनि कति उचित हुन्छ भनेर छलफलहरू हुँदैछ । यदि त्यो भयो भने ६ महिना वरपर सर्न सक्ने भयो । अन्यथा प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्छ । किन दिनुपर्छ भने प्रतिनिधि सभा विघटनको परम्परा स्थापित गर्न दिनुहुँदैन भन्ने हाम्रो मान्यता हो । संविधानको रक्षा र विधिको शासनका निम्ति हामीले त्यसो भनेको हो । विधिको शासन केपी ओलीले मान्नुभएन भन्दै गर्दा हामी पनि त्यो उल्लंघनको बाटोमा गयौं भने के फरक हुन्छ र ?

यो प्रतिनिधि सभा पूर्ण कार्यकाल रहने र यसलाई जोगाउने हो भने चुनावमा पुगेर किन टुट्ला त ? नटुट्ला । यो विश्वासको कुरा पनि हो । चुनावमा पनि गठबन्धन बन्ने भनेर निर्णय नै भैसकेको विषय त होइन, यी हाम्रा आफ्ना धारणा मात्रै हुन् । यो प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्नका निम्ति मिलेर सँगै जाने भन्ने त हाम्रो नियमित विषय हो । त्यसकारण चुनाव घोषणा गर्ने अनि गठबन्धन तोड्ने कुरा त कसरी होला र ?

निर्वाचन आयोगसँगको कुराकानीमा तीनवटै चुनाव एकैपटक गर्न सम्भव छैन भन्ने बुझियो । किनभने, स्थानीय चुनाव सार्दा भ्याकुम हुन्छ । अर्कोतर्फ प्रदेश सभा विघटन गर्ने प्रावधान छैन । यो हिसावले त अब चुनाव बेग्लाबेग्लै गर्नुपर्ला नि ? कसरी एकैचोटि तीनवटै चुनाव गर्न मिल्छ ?

असम्भव कुरा होइन । प्राविधिक हिसावले गर्न सकिन्छ कि सकिँदैन त्यो प्रमुख कुरा हो । कानुनी कुरामा कानुन निर्माण गर्न सकिन्छ, के ठूलो कुरा भो ? एउटा अध्यादेश ल्याउँदा पुग्ने कुरा हो । कानुनी अड्चन भए राजनीतिक दलहरूको बीचमा सहमति भयो भने फुकाउन सकिन्छ ।

भनेपछि, चुनाव जहिलेसुकै होस्, तर गठबन्धन दलहरू मिलेरै लड्छन् ?

यो प्रतिनिधि सभा पूर्ण कार्यकाल रहने र यसलाई जोगाउने हो भने चुनावमा पुगेर किन टुट्ला त ? नटुट्ला । यो विश्वासको कुरा पनि हो । चुनावमा पनि गठबन्धन बन्ने भनेर निर्णय नै भैसकेको विषय त होइन, यी हाम्रा आफ्ना धारणा मात्रै हुन् । यो प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्नका निम्ति मिलेर सँगै जाने भन्ने त हाम्रो नियमित विषय हो । त्यसकारण चुनाव घोषणा गर्ने अनि गठबन्धन तोड्ने कुरा त कसरी होला र ?

गठबन्धनमा अर्को प्रश्न पनि छ, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच चुनावी तालमेल, मोर्चाबन्दी वा पार्टी एकताको सम्भावना कति छ ?

धेरै छ । त्यससँगै राष्ट्रिय जनमोर्चा पनि मिसिन्छ ।

के वाममोर्चा बनाउन कसरत गर्नुहुन्छ ?

वाम मोर्चा वा लोकतान्त्रिक मोर्चा बनाउँला, त्यो छुट्टै कुरा भयो । तर, यी नाम लिएका दलहरूको बीचमा सहकार्यको सम्भावना धेरै छ ।

यसको गृहकार्य पनि हुँदैछ कि ?

अहिले तत्काल त सरकारले जनताका पक्षमा कसरी काम गर्ने भन्ने छलफललाई प्रमुख विषय बनाएका छौँ । यसमा सहकार्य गर्दै जाउँ भन्ने सामान्य अवधारणा सबैको नै मिलेको छ ।

पार्टी एकताको कुरा गर्दा नेकपा माओवादी केन्द्र र  र जनता समाजवादीमध्ये कुनसँग पहिला एकता होला ? दुईमध्ये कुनचाहिँ बढी सजातीय हो भन्ने लाग्छ ? जसपामा पूर्वएमाले नेता अशोक राईहरू पनि हुनुहुन्छ, माओवादीसँग नेकपा हुँदै मिलिसक्नुभएको थियो....

रोजाइको हिसावले यो वा त्यो भनेर हामीले सोचिसकेका छैनौ । प्रचण्डहरूसँग त एकता गरिसकेको पनि हो । यो सबैलाई थाहा पनि भएको कुरा हो । अदालतको फैसलाले यस्तो बनायो, हामी फेरि कुनै दिनमा एक ठाउँमा हुनेछौँ । त्यसले गर्दा हाम्रा निम्ति दुवै उत्तिकै हुन्, वरपर वा यो रोजाइ भन्ने छैन । तर, अब विषयहरू कसरी जान्छन्, छलफल कसरी हुन्छ, त्यसमा भर पर्छ । सहकार्यभित्र पनि हामी कति घनिष्ट हुँदै जान्छौं त्यसले निर्णयमा फरक पार्छ । 

एकताकै सवालमा मेरो बुझाइ हतारमा एकता टिक्दैन भन्ने रह्यो । एकताका निम्ति वैचारिक, सैद्धान्तिक बहस र छलफल गरेर, आधार निर्माण गरेर र व्यवहारमा पनि सहकार्य गर्दै गएर अन्तरघुलन गर्दै कार्यशैलीगत कुरामा पनि एकरुपता कायम गर्न सक्यौ भने दिगो हुन सक्छ । त्यसो नगरी तात्कालिक विषयमा मात्रै आधारित भएर एकता गर्दा टिक्दो रहेनछ भन्ने एमाले र माओवादीबीचको एकता प्रकरणबाट पुष्टि भैसकेको छ । अरु पार्टी जसपालाई पनि हेर्न सकिन्छ । त्यसैले, सहकार्य गर्दै जाऊँ । विचारमा एकरुपता ल्याउन पनि पहल र प्रयत्न गर्दै जाऊँ । कार्यशैली र कार्यपद्दतिमा पनि एकरुपता ल्याउने प्रयास गरौं भन्ने हो । यति भएपछि दिगो एकता हुन्छ भन्ने अवस्था सिर्जना हुन्छ र त्यसबेला एकता गर्दा राम्रो भन्ने बुझाइ हो ।

एकदुईजना साथी, म सिधै भन्छु माधव कमरेडको भाइ पर्नुभएको छ, जो सरोज उपाध्याय । उहाँले कहिलेदेखि काम गर्नुभएको छ भन्ने सबैलाई थाहा छ । इन्जिनियरिङ फिल्डको संगठन बनाएर त्यसको नेतृत्व गर्नुभएको छ । यो बाहेक अरु नाताको मान्छे कोही छ भन्ने मलाई लाग्दैन ।

यहाँहरू एमालेमा खुबै विधि र पद्दतिको कुरा गर्नुहुन्थ्यो, तर अहिले नयाँ पार्टीमा पनि विधि पद्दति मिचियो र असन्तुष्टि देखिन थाल्यो भन्ने सुनिन्छ । नेताहरूले आफ्ना मान्छेलाई च्याप्न थाले भन्ने सुनिन्छ नि ?

यो कुरा हाम्रा निर्णय प्रक्रिया जानकारी नभएकाहरूले गरेको होला भन्ने मलाई लाग्छ । हामीले केन्द्रीय कमिटीमा केही साथीहरू थपेका छौं । त्यो थप्दा मापदण्ड बनाएरै थपेका छाैँ । त्यो मापदण्ड के छ भन्ने पनि म प्रस्ट पार्छु ।

त्यसमा पहिलो प्राथमिकता– पहिले केन्द्रीय कमिटी सदस्य भैसकेका साथीहरू । दोस्रो– नेकपा हुँदा केन्द्रीय कमिटीमा रहनुभएका साथीहरू । तेस्रो– पहिले केन्द्रीय आयोगहरूमा रहनुभएका साथीहरूलाई प्राथमिकता दिएका हौं । चौथो– एमाले हुँदा राष्ट्रिय प्रतिनिधि परिषद भन्ने थियो, त्यसमा रहेका साथीहरू । पाँचौं–जनसंगठनको केन्द्रीय नेतृत्वमा रहेर प्रभावकारी भूमिका खेलेका व्यक्तिहरू । छैठांै–जिल्ला तहको नेतृत्वमा लामो समय रहेर प्रभावकारी भुमिका खेलेका तर अवसरबाट वञ्चित भएकालाई समेट्ने गरी मापदण्ड बनाएका हौँ ।

मापदण्डमा एकाध नेताका नातेदार पनि पर्नुभयो होला, तर मापदण्डले भेट्छ भने नेताको नजिक भयो भनेर अन्याय पनि गर्न नमिल्ला । मापदण्डमा पर्ने मान्छे त नेताको भाइ, छोरो, भाञ्जा, श्रीमती, बहिनी भनेर हेर्न भएन । मापदण्डमा पर्दा पनि नहुने हो भने कि नेताको परिवारका मान्छेले राजनीति नै गर्न भएन । त्यसकारण मापदण्डमा परेका साथीहरू आउनुलाई आश्चर्य मान्न भएन ।

एकदुईजना साथी, म सिधै भन्छु माधव कमरेडको भाइ पर्नुभएको छ, जो सरोज उपाध्याय । उहाँले कहिलेदेखि काम गर्नुभएको छ भन्ने सबैलाई थाहा छ । इन्जिनियरिङ फिल्डको संगठन बनाएर त्यसको नेतृत्व गर्नुभएको छ । यो बाहेक अरु नाताको मान्छे कोही छ भन्ने मलाई लाग्दैन ।

तपाईंहरूको पार्टीमा मन्त्री नपाएर अन्तरविरोध र असन्तुष्टि बढेको छैन ?

छैन, छैन । मेटमणि चौधरीजी, मिडियाका साथीहरूले उत्तेजित पारेपछि अलिकति उत्तेजित हुनुभएको थियो । तर, त्यसको असर केही छैन । उहाँ अहिले लुम्बिनी प्रदेशको पार्टी अध्यक्ष हुनुहुन्छ । अहिले गएर काम पनि गरिरहनुभएको छ । बैठक चलिरहेको छ । पार्टी प्रवेश पनि त्यहाँ गराइरहनुभएको छ ।

तर, प्रेम आले मन्त्री हुने मेटमणि नअटाउने भन्ने त भयो नि ?

उचाल्ने पक्षहरू अनेकखालका हुन्छन् । कसरी उचाल्ने र अन्तरविरोध सिर्जना गर्ने भन्ने छन्, तिनीहरूले गर्न खोजेका मात्रै हुन् । नपरेका साथीहरूलाई अलिअलि त्यसले छोयो पनि होला । त्यो कारणले सुरुमा कतै असन्तुष्टि पो हो कि भनेजस्तो भएको मात्रै हो ।

अहिले मन्त्रीहरूले प्रभावकारी काम गरेको देखिँदैन नि ? बिहान–बेलुका कार्यालय जाने र कहिलेकाहीँ सार्वजनिक मञ्चबाट केपी ओलीको विरोधमा भाषण गर्ने बाहेक.... ?

मन्त्रीहरूले कति गर्नुहुन्छ, त्यो मूल्याकन गरिहाल्ने समय भएको छैन जस्तो लाग्छ मलाई । मैले हेर्दा सानो काम तर जनताको पक्षमा भएको छ भन्ने लाग्छ । जुन पर्यटन मन्त्रीकै हो । उहाँले एयपोर्टमा गरिने पीसीआर टेष्टको शुल्क २ हजारबाट घटाएर १२ सय बनाउनुभयो ।

तपाईंहरूमाथि लाग्दै आएको अर्को गम्भीर आरोप के छ भने बामपन्थीको सरकार ढालेर काँग्रेससँग मिल्ने ? यसको जस्टिफाई कसरी गर्नुहुन्छ ? भोलि चुनावमा त भन्नै पर्ला ....

पर्ला । यो भन्न हामीसँग विषय नभएको पनि होइन । यो देश ठूलो कि पार्टी ? यो प्रश्नमा जानुपर्छ । लोकतन्त्र ठूलो कि पार्टी ठूलो ? जनताको अधिकार ठूलो कि पार्टी ठूलो ? यी कुरामा जानुपर्छ । हामीले केपी ओली नेतृत्वको सरकारको विरोध किन गर्यौं ? जब उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो । प्रतिनिधि सभाको विघटन नहुँदासम्म त हामीले त्यहीँभित्र लडाइ गरिरहेका थियौं । जब विघटन गरेर अगाडि बढियो र अनेकौंखालका सैनिक शासन लागु गर्ने, राजतन्त्र फर्काउने खालका बजार हल्ला त भए नि । त्योबेला हामी सर्तक हुनै पर्यो । हामीले यो लोकतन्त्र बचाउन कदम चाल्ने कि नचाल्ने ? मुलुक बचाउन कदम चाल्ने कि नचाल्ने ? रातभर एउटा विदेशी गुप्तचर संस्थाको प्रमुखसँग बसेर चालिएको कदम गम्भीर थिएन र ? त्यो त गम्भीर थियो । राष्ट्रका विरुद्धको षडयन्त्र हो कि भनेर हामी सशंकित हुनुपर्ने स्थिति सिर्जना भैसकेपछि हामीले यो राष्ट्रको रक्षाका निम्ति, लोकतन्त्र र जनताका अधिकारका निम्ति पार्टीलाई ठूलो ठान्न हुदैन, पार्टीभन्दा ठूलो राष्ट्र हो, लोकतन्त्र हो, जनताको अधिकार हो ।

प्रधानमन्त्रीले भन्नुभयो, प्रचण्डले त्यसलाई चिठी लेखेको त हो, तर पास गर्छु भनेको होइन भनेर स्वीकार गर्नुभयो । बाहिर थाहा थिएन । सायद हामी सरकारमा सहभागी हुनुभन्दा अगाडिको कुरा हो कि भन्ने मलाई लाग्छ । तर, पनि हामी गठबन्धनमा थियौं । देउवालाई प्रधानमन्त्री बनाउने बेलादेखि नै गठबन्धनमा भएकाले गठबन्धनमा थाहा हुनुपर्दथ्यो । सहमतिबाटै जानुपर्दथ्यो । तर, त्यो नगरी उहाँहरूले गर्यौं भन्नुभएको छ, त्यो वास्तवमा बेठीक तरिका हो । गठबन्धनमा यो विषयमा कुराकानी हुन्छ ।

जनताका अधिकारका निम्ति पार्टी बनेको हो । लोकतान्त्रिक प्रणाली ल्याउनका निम्ति पार्टी बनाएको हो भने त्यो चिज नै समाप्त हुन्छ भने त्यतिबेला हाम्रो पार्टी, सरकार भनेर बस्न हुन्छ कि हुँदैन ? हाम्रो बुझाइमा हाम्रो कर्तव्य त्यसरी बस्नु हुँदैन । पार्टी त हाम्रो साधन हो । समाजलाई समाजवादको दिशामा लैजाने, समाजको शोषण र उत्पीडनलाई अन्त्य गर्ने र समतामुलक समाज निर्माण गर्ने लक्ष्य हो हाम्रो । त्यो लक्ष्यमा धक्का पुग्छ भने साधन अर्को पनि बनाउन सकिन्छ । एउटा साधनले काम गर्न सकेन भने अर्को साधन बनाउन सकिन्छ । त्यसकारण साधनलाई हामीले ठूलो ठानेनौँ, हामीले साध्यलाई ठूलो ठान्यौँ ।

अर्को प्रसंग, एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच फरक फरक धारणा आइरहेका छन् । यत्रो गठबन्धन छ, तर दुई दलका नेताले मात्रै चिठी लेख्न हुन्थ्यो ? पार्टीभित्र पनि जानकारी नै नदिएर त्यसो गर्नु ओलीकै पथ भएन ?

यदि त्यसो गरिएको हो भने बेठीक तरिका हो ।

चिठ्ठी लेखेकै हो भन्ने त स्वीकार गरेको अवस्था छ नि ?

स्वीकार गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, प्रचण्डले त्यसलाई चिठी लेखेको त हो, तर पास गर्छु भनेको होइन भनेर स्वीकार गर्नुभयो । बाहिर थाहा थिएन । सायद हामी सरकारमा सहभागी हुनुभन्दा अगाडिको कुरा हो कि भन्ने मलाई लाग्छ । तर, पनि हामी गठबन्धनमा थियौं । देउवालाई प्रधानमन्त्री बनाउने बेलादेखि नै गठबन्धनमा भएकाले गठबन्धनमा थाहा हुनुपर्दथ्यो । सहमतिबाटै जानुपर्दथ्यो । तर, त्यो नगरी उहाँहरूले गर्यौं भन्नुभएको छ, त्यो वास्तवमा बेठीक तरिका हो । गठबन्धनमा यो विषयमा कुराकानी हुन्छ ।

तपाईं राष्ट्रिय सभाको सदस्य पनि हुनुहुन्छ । निर्वाचन आयोगले भनिसकेको छ कि माघ पहिलो साता १९ पदको राष्ट्रिय सभा निर्वाचन गर्ने भनेर । यो चुनावमा एमाले रित्तिन्छ कि तपाईंहरू ?

विगतकै दुईवटा नमुना हेर्नुभए हुन्छ, रामबहादुर थापा र चन्द्रबहादुर थापाको स्थानमा के भयो ? अब पनि त्यस्तै हुन्छ ।

आगामी आम निर्वाचन र स्थानीय निर्वाचन चाहिँ ओलीका लागि सजिलो छ र तपाईंहरूका लागि अलि अप्ठेरो छ भन्ने देखिन्छ । यसमा तपाईंको विश्लेषण के छ ?

यो एमालेका साथीहरूको भाष्य हो । रियालिटीमा सबभन्दा गाह्रो एमालेलाई छ । केपी ओलीकै कुरा गर्ने हो भने झापामा राप्रपा र माओवादीको मत कति थियो भन्ने हिसाब छ कि छैन ? ओली सुरक्षित भए उतिबेला नै माओवादीसँग एकता गरेका बेला पनि किन लिङदेनलाई छाडेर राप्रपाको मत लिनुपर्दथ्यो ? उहाँले पार्टीको निर्णयबेगर आफैं अध्यक्षको हैसियतले राप्रपालाई एउटा सिट छोडेर राप्रपाको भोट केपी ओलीले लिनुभएको छ । त्यसरी जित्नुभएको हो केपी ओलीले । अनि अहिले कतिको सुरक्षित हुनुहुन्छ, त्यो आगामी दिनमै देखिएला, अहिले नै किन घोषणा गर्नु ? तर, त्यो त तथ्य हो । फेरि पनि राप्रपाले त सहयोग गर्ला उहाँलाई । किनभने राप्रपासँग उहाँको साँठगाँठ चलेकै छ । त्यसकारण अबको चुनावमा सबभन्दा अप्ठ्यारो एमालेलाई छ ।

एमालेभित्रका तेस्रो धारका नेताको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ ?

तेस्रो धार छ र त्यहाँ ?

घनश्याम भुसाल, भीम रावलहरू ?

छैन उहाँहरूको धार । विचरा ! अप्ठेरोमा पर्नुभएको छ । महाधिवेशनसम्म त्यहीँ बस्छौँ भन्नुहुन्छ । चुनावसम्म नै जानुपर्दैन उहाँहरू, महाधिवेशनले नै देखाइहाल्छ ।

अन्त्यमा, नेकपा एकीकृत समाजवादीको महासचिवको हैसियतमा मैले सोध्न छुटाएको र जनतालाई भन्ने पर्ने केही छ कि ?

हाम्रो उद्देश्य नेपाली समाजको परिवर्तन गर्ने हो । त्यो परिवर्तनको अभियानमा हामी लामो समयदेखि लागिरह्यौँ । कहिले कुन र कहिले कुन हिसावले लाग्यौं । अहिले पनि हामी त्यही अभियानमा छौं । इमान्दारीताका साथ त्यो अभियानमा लाग्छौं, यहाँहरूको साथ र समर्थनको आशा गर्छौं ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।