बिग बोस : १५ औँ सिजनको टीआरपी लगातार गिर्दो, चाँडै सक्ने तयारी
बिग बोसको पछिल्ला सबै सिजनले टीआरपीको सबै रेकर्ड तोड्दै आएकोमा कार्यक्रमको १५ औँ सिजनको टीआरपी भने लगातार गिर्दो क्रममा रहेको छ । शमिता शेट्टी, करण कुन्द्रा, तेजस्वी प्रकाशजस्ता ठूला नाम जोडिए पनि कार्यक्रमले टीआरपी हासिल गर्न असफल देखिएको हो । यसअघि शोको लोकप्रियतालाई हेर्दै शोको समयलाई थप गरिएको थियो तर यो सिजन खराब टीआरपीका कारण निर्माताहरुले कार्यक्रमलाई निर्धारित समयभन्दा अगाडि नै सक्ने तयारी गरेको बताइएको छ ।
शुरुवातबाट नै बिग बोस १५ को आलोचना हुँदै आएको छ । फ्यानहरूको आरोप छ, निर्माताहरुले शमिता शेट्टीको तारिफ गर्दै उनलाई बढी हाइलाइट गर्ने गरेका छन् । यसबाहेक खेलमा करण कुन्द्रा, तेजस्वी प्रकाश र शमिता शेट्टी राकोश वापटको प्रेमलाई बढी हाइलाइट गरिएको उनको आरोप छ । शोका धेरै प्रतियोगीले घरको नियम तोड्दै गरेको देख्न सकिन्छ भने उनीहरूलाई कुनै सजाय दिइएको छैन । धेरै टास्कहरु पुरा गर्न अघि नै रद्द गरिएको छ । सलमान खानलाई ल्याउँदा पनि कार्यक्रमले मनोरञ्जन दिन सकिरहेको छैन ।
पछिल्लो कयौँ सिजन र विकेन्ड वारलाई टीआरपी दिने सलमान पनि यस वर्ष असफल भइसकेका छन् । उनको लोकप्रियतालाई हेर्दै यो सिजन उनलाई ५ सय करोड भारु पारिश्रमिक दिइएको थियो । यसका बाबजुद पनि प्रिमियर नाइटदेखि विकेन्ड एपिसोडले टीआरपी पाउन सकेन । निर्माताले जंगल थीममा पनि ठूलो लगानी गरे पनि त्यसले पनि परिणाम दिन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण