हंसपुर नगरपालिकाका मेयरले दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप
धनुषाको हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच तनाव उत्पन्न भएको छ । कर्मचारी खटनपटनमा जनप्रतिनिधिलाई बेवास्ता गरेको भन्दै आफूमाथि नगर प्रमुखले धम्कीसहित दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप छ ।
कर्मचारी खटनपटन विषयलाई लिएर नगर प्रमुख रामज्ञान मण्डलले आफूलाई दुर्व्यवहार गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी बताउँछन् । नगरपालिकाको विभिन्न शाखामा कर्मचारी सरुवा तथा भर्ना गर्ने आफ्नो अधिकार प्रयोग गर्दा नगरप्रमुख मण्डलले बाहिरका मान्छे लगाएर गाली गलौज गर्दै कुटपिट गर्न खोजेको र ज्यान मार्ने सम्मको धम्की दिएको उनको भनाइ छ ।
उनले भने, ‘मलाई नगरपालिकाको कार्यालयमा काम गर्न डर लागेको छ, कुन बेला कसले कुट्ला भनेर भयभित हुँदै काम गर्नुपरेको छ ।’
आइतबार कार्यालय समय पुगेलगत्तै आफूलाई नगर प्रमुख मण्डलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गलौज गर्दै धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारी बताउँछन् । सोमबार नगरप्रमुख मण्डलकै भय, त्रासका कारण असहज भएर आफू कार्यालयमा नगएको उनले बताए ।

प्रशासकीय अधिकृत अधिकारी साउन महिनामा पालिकामा आउँदा नगरप्रमुख मण्डलले उनलाई हाजिरीसमेत गर्न दिएका थिएनन् । पछि अदालतको आदेशमा उनले सो कार्यालयमा हाजिरी गर्न पाएका थिए । सोही बेलादेखि कार्यालयको कामकाजमा नगर प्रमुख मण्डलले व्यवधान खडा गर्दै आएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पालिकाको प्रशासन शाखा, योजना शाखा र जिन्सी शाखामा नयाँ कर्मचारी भर्ना गरेको विषयलाई लिएर नगर प्रमुखले आफूलाई दुर्व्यवहार र धम्की दिएको बताए ।
नगर प्रमुख मण्डल भने कर्मचारी खटनपटन गर्दा आफूसँग समन्वय र सहकार्य नगरेका कारण आफूले प्रमुख प्रशासकीय अधिकृतलाई यसबारे सोधेको तर कुनै पनि किसिमको धाक धम्की तथा दुर्व्यवहार नगरेको बताउँछन् । उनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गरे ।
नगरप्रमुख मण्डल र प्रमुख प्रशासकीय अधिकृत बीचको विवादले हंसपुर नगरपालिकाको कामकाज पूर्णरुपमा प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण