सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

शुक्रबार, ०३ मङ्सिर २०७८, १५ : ४९
शुक्रबार, ०३ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १०७ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७ महिला र ५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०, तनहुँ १ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७५५ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१२ की ७० बर्षिय महिला रहेकी छिन । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०८ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ११७ पुगेको छ भने होम आइसोलेसनमा १९१ जना रहेका छन् ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप