काठमाडौं उपत्यकामा यसरी मनाइयो गुरु नानक जयन्ती (तस्बिरहरु)
काठमाडौं उपत्यकामा रहेका शिख धर्मावलम्बीहरुले विभिन्न गुरुद्धारामा भेला भएर गुरु नानक जयन्ती मनाएका छन् । ललितपुरको कुपण्डोलस्थित गुरुद्धारामा धुमधामका साथ उनीहरुले गुरु नानकलाई सम्झिएका हुन् । त्यसैगरी, काठमाडौँको पशुपति तथा म्हहिपीमा रहेका गुरुनानक मठमा पनि गुरु नानक जयन्ती मनाइएको छ ।
विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बीहरुले गुरुद्वारामा गएर भव्य रुपमा आराधना गर्ने गरेका छन् । शिख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर मनाउने गर्दछन् । आजको दिन गुरुद्वारा तथा मठहरूमा शिख धर्मालम्वीहरुको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब पढ्ने पढाउने गरिन्छ । गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । गुरु नानकलाई मानवता धर्म र सर्वशक्तिमान इश्वर एक मात्र छन् भन्ने धार्मिक दर्शनका प्रवर्तक मानिन्छ ।
ललितपुरको गुरुद्वाराका केही तस्बिरहरु ः


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण