आजको मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
-
स्किब्स कप बास्केटबलमा ७५ टोली
-
उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन
-
सबै उद्योगलाई प्रशोधन उपकरण जडान गर्न लगाउनु पर्छ
-
आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श
-
औद्योगिक रसायनले प्रदूषित सिर्सिया नदी, तटीय क्षेत्रमा कस्तो असर ?