शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रीति जिन्टालाई यी अभिनेताले चिनेनन्, सोसल मिडियामा माफी मागे

बुधबार, ०८ मङ्सिर २०७८, १० : ३५
बुधबार, ०८ मङ्सिर २०७८

भारतीय फिल्म तथा टेलिभिजनका अभिनेता, निर्माता र निर्देशक अभिनेता सञ्जय खानले सोसल मिडियामा एउटा स्वीकारोक्ति गरेका छन् । उनी दुबईको फ्लाइटमा प्रीति जिन्टालाई चिन्न असफल भएका थिए । यसका लागि सञ्जयले ट्वीटरमा एउटा पोस्टमार्फत् प्रीतिसँग माफी मागे । सञ्जयले प्रीतिलाई त्यतिबेला चिन्न सकेनन् जब उनकी छोरीले प्रीतितर्फ इशारा गरिन् ।

प्रीतिलाई फिल्ममा देखेका थिएः

सञ्जय खानले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘प्रिय प्रीति – एक सज्जनको रुपमा मैले माफी माग्नु आफ्नो कर्तव्य ठाने । जब मेरी छोरी सिमोनले तपाईंलाई दुबईको फ्लाइटमा देखाइन् तब तपाईंलाई चिन्न सकिनँ । ’ सञ्जयले थपे, ‘जिन्टा भनेको भए सायद म चिन्न सक्थेँ किनभने मैले तपाईंलाई थुप्रै फिल्ममा तपाईंको सुन्दर अनुहार देखेको छु ।’

सात वर्षपछि फिल्ममा फर्किइन् प्रीतिः

प्रीति हालै जुम्ल्याहा सन्तानकी आमा बनेपछि पुनः चर्चामा आएकी थिइन् । प्रीति र उनका श्रीमानल् सोसल मिडियामा सरोगेसीमार्फत् जन्मिएका बच्चाको नाम त बताए तर उनीहरुको अनुहार लुकाएर राखे । उनले जीनसँग एउटा सेल्फीसहित उनको नाम जिया जिन्टा गुडइनफ र जय जिन्टा गुडइनफ बताएका छन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने प्रीतिलाई अन्तिम पटक सन् २०१८ मा भैयाजी सुपरहिटमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप