खुमबहादुरका छोराले रोजे राजनीति
उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् ।
जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् । जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा हुन् ।
खुमबहादुरले प्रभावशाली भूमिका राख्दै गर्दा अनुराग राजनीतिमा आउन चाहेनन् । पठन पाठनमा नै रहिरहे । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर सक्दै गर्दा खुमबहादुरको निधन भयो । बुवाको निधनपछि अनुरागले राजनीतिमा चासो देखाए । उनी १४ औं महाधिवेशनबाट काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन् ।
उनले बुवाको वार्षिकी सकेर त्यही कार्यक्रममा राजनीतिमा आउने इच्छा रहेको सार्वजनिक गरेका थिए । खुमबहादुरलाई नेता मान्ने जिल्लाका काँग्रेसका नेता कार्यकर्ताहरूले त्यो निर्णयलाई स्वागत पनि गरेका थिए । नेपाली काँग्रेस केन्द्रीय समितिले अनुरागलाई विभागीय जिम्मेवारी पनि दिएको थियो ।
खड्काले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खुल्लातर्फबाट २१ महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त प्राप्त गरेका हुन् । क्षेत्र नम्बर १ मा कूल ६९४ मतदाता रहेकोमा निर्वाचन प्रक्रियामा ६८५ जनाले भाग लिएका थिए ।
राजनीतिमा प्रवेश गरेका अनुरागले आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको भन्दै बुवाकै सपना पुरा गर्न राजनीतिमा आएको बताएका छन् । ‘यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो,’ अनुरागले भने, ‘यो सम्मानलाई निराश हुन दिन्न । म बुवाकै बाटोमा हिँड्ने छु ।
उनले नेता तथा जिल्ला बासीहरूको परामर्शमा महासमिति सदस्य र केन्द्रीय सदस्यमा लड्ने तयारी गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा श्रम मन्त्रालयको चासो
-
कपनबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने