शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासमा रुसको महत्त्वपूर्ण सहयोग रहेको बताएका छन् । नेपालको प्राविधिक शिक्षा र पूर्वाधार विकासमा रुसले निकै सहयोग गरेको उनले बताए ।
मित्रकुञ्जको ५७औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको छैटौँ एसिया मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले रुसबाट प्रशिक्षित तथा शिक्षा प्राप्त नेपालीहरूले आफ्नो क्षेत्रबाट देशको विकासमा सक्रिय योगदान दिइरहेको बताए । रसियामा उल्लेखनीय सङ्ख्यामा नेपाली विद्यार्थीहरू विभिन्न सङ्काय तथा विषयमा अध्ययनरत रहेको उनले बताए । रुस–युक्रेन द्वन्द्वका कारण केही चिन्ताहरू बढेको बताउँदै उनले ती चिन्ता र चासोलाई सम्बोधन गर्न रसियाका सरकारले सम्बोधन गरोस् भन्ने चाहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भूतपूर्व सोभियत संघसँग निकै घनिष्ठ र सहयोगी सम्बन्ध रहेको बताउँदै रुसी सङ्घको गठनपछि पनि कायम रहेको बताए । उनले जलवायु परिवर्तन, बढ्दो भूराजनीतिक प्रतिद्वन्द्वी, महामारी, गरिबी र प्राकृतिक प्रकोपजस्ता चुनौतीहरूविरुद्ध लड्न विज्ञानले मात्र सक्ने बताए । विदेशी विश्वविद्यालयहरूमा रहेका नेपाली विद्यार्थीहरू नेपालका लागि ज्ञान र नेटवर्कको महत्त्वपूर्ण स्रोत रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण