बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

शुक्रबार, ०४ जेठ २०८१, १६ : ०२
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासमा रुसको महत्त्वपूर्ण सहयोग रहेको बताएका छन् । नेपालको प्राविधिक शिक्षा र पूर्वाधार विकासमा रुसले निकै सहयोग गरेको उनले बताए । 

मित्रकुञ्जको ५७औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको छैटौँ एसिया मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले रुसबाट प्रशिक्षित तथा शिक्षा प्राप्त नेपालीहरूले आफ्नो क्षेत्रबाट देशको विकासमा सक्रिय योगदान दिइरहेको बताए । रसियामा उल्लेखनीय सङ्ख्यामा नेपाली विद्यार्थीहरू विभिन्न सङ्काय तथा विषयमा अध्ययनरत रहेको उनले बताए । रुस–युक्रेन द्वन्द्वका कारण केही चिन्ताहरू बढेको बताउँदै उनले   ती चिन्ता र चासोलाई सम्बोधन गर्न रसियाका सरकारले  सम्बोधन गरोस् भन्ने चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भूतपूर्व सोभियत संघसँग निकै घनिष्ठ र सहयोगी सम्बन्ध रहेको बताउँदै रुसी सङ्घको गठनपछि पनि कायम रहेको बताए । उनले जलवायु परिवर्तन, बढ्दो भूराजनीतिक प्रतिद्वन्द्वी, महामारी, गरिबी र प्राकृतिक प्रकोपजस्ता चुनौतीहरूविरुद्ध लड्न विज्ञानले मात्र सक्ने बताए । विदेशी विश्वविद्यालयहरूमा रहेका नेपाली विद्यार्थीहरू नेपालका लागि ज्ञान र नेटवर्कको महत्त्वपूर्ण स्रोत रहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप