यस्तो छ भ्रष्टाचारविरुद्ध नेपालको शून्य सहनशीलता नीति
काठमाडौँ – जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
अष्ट्रियाको राजधानी भिएनामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अभिसन्धिसम्बन्धी सातौँ सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको त्यस्तो नीति सुनाएको हो ।
उक्त अभिसन्धिको पक्षराष्ट्र रहेका १५५ देशका प्रतिनिधिमाझ नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले भ्रष्टाचार नियन्त्रण गर्न नेपाल सरकारले अंगिकार गरेका कानूनी नीति तथा उपायबारे जानकारी गराएको भिएनास्थित स्थायी नेपाली नियोगले आज जनाएको छ ।
यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भिएनास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी छन् ।
साथै सम्मेलनमा अन्तर्राष्ट्रिय संघसंगठन र गैरसरकारी संघसंगठनका प्रतिनिधि रहेका पनि उक्त नियोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण