नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपिडी सेवा दिने
नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी मंसिर १८ गते, शनिवार दुई विशेषज्ञ चिकित्सकहरुमार्फत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिनसक्नेछन् भने प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपिडीबाट लाभ लिनसक्ने अस्पताले जानकारी गराएको छ ।
डा.श्रेष्ठसँगै डा.सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत सेवामा रहनेछन् । शनिबारको निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जानकारी गराएको छ ।
शनिवार बालरोग विशेषज्ञ डा.ढकालले बिहान १० देखि १२ बजेसम्म र डा.श्रेष्ठ नेतृत्वको यूरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन गर्नेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ ।
निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण