हेलिकप्टरबाट उद्धार सेवा बढाउँदै नर्भिक हस्पिटल
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हेलिकप्टरबाट बिरामीको उद्धार (हेलि रेस्क्यू) सेवा वृद्धि गरेको छ । विशेषज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीहरूको टीम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकप्टरबाट बिरामीहरूको उद्धार (रेस्क्यू) मा नर्भिक आक्रामक बनेको हो ।
पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरूको रोजाइमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरूको आवश्यकताअनुसार अरू अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।
‘कन्सल्ट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरूको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रुपमा विस्तार गर्दै लगिनेछ ।’
कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरूलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको मागसमेत निकै बढेको मिश्र बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण