काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा पनि मतदान सुरु
शनिबार, १८ मङ्सिर २०७८, १२ : ०९
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए । निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण