गोर्खा ब्रुअरीले ल्यायो फायरमुन विन्टर वार्मर बियर
गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ । उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर वार्मर बियर सहजै पिउन सकिने र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । पाँच प्रतिशत अल्कोहलयुक्त फायरमूनको ३३० मिलिलिटर बोतलको मूल्य १८० रुपैयाँ तोकिएको छ । सो बियर पुल–अफ क्याम्पको साथ आउने हुनाले उपभोक्ताले सजिलै बोतल खोल्नसक्ने पनि कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण