शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भायानेटले मासिक १२५० रूपैयाँमै १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी दिने

बिहीबार, २३ मङ्सिर २०७८, ११ : ५२
बिहीबार, २३ मङ्सिर २०७८

भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाटिभी दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखेर यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । 
उच्च गुणस्तरको उच्च स्पिड भएको इन्टरनेटको सेवा प्रदान गर्ने लक्ष्यसहित भयानेटले न्यूनतम मूल्यमा प्रयोगकर्तालाई ‘अल्ट्रा फाई लाइनकाप्रोडक्ट’ योजना ल्याएको जानकारी दिएको छ । अल्ट्रा फाईअन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीनवटा योजना ल्याएको छ । यस सिरिज्को मुख्य योजना १७५ एमबिपिएसको इन्टरनेट भएको कम्पनीको दाबी छ ।

यो योजना जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रति महिना १२५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा एक हजार रिवार्ड अंक प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप