काँग्रेसको उपसभापति पदमा गच्छदार बलिया दाबेदार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलिबाट सुरु हुनेछ । भोलि २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
पार्टीको नेतृत्व लिन सभापतिदेखि केन्द्रीय सदस्यका उम्मेदवारसम्मले आ–आफ्नो दाबी र प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् । संस्थापन समूहमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार हुन् ।
सभापति देउवा पक्षबाट यतिबेला वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काको नाम उपसभापति पदका लागि चर्चामा रहेको छ ।
हालको कार्यसमितिका दुई उपसभापतिमध्ये विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै गच्छदार उपसभापति पदका बलिया उम्मेदवारको रुपमा देखिएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई काँग्रेसमा समायोजन गरेका गच्छदारसँग एउटा छुट्टै देशव्यापी समूह र पुराना काँग्रेसीहरुको आशा रहेको उनी निकट नेताहरुको दाबी रहेको छ ।
‘काँग्रेस पार्टीभित्र गच्छदार निर्णायक शक्तिका साथै लामो राजनितिक अनुभव र एउटा पार्टीको एक दशक लामो समय नेतृत्व गरेका गच्छदारसँग राम्रो जनाधार भएका नेता हुनुहुन्छ’ उनी निकट काभ्रेका काँग्रेस नेता रामेश्वर ढकालले भने ।
नेताहरु रामजन चौधरी, डा.गोपाल दहित, योगेन्द्र चौधरी, गणेश लामा, हरि न्यौपाने लगायतको सशक्त समुह नेता गच्छदारसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण